एमाले–माओवादी पार्टी खारेज, अब नेपाल कम्युनिष्ट पार्टी । मंगलबार नै निर्वाचन आयोगमा दल दर्ता

एमाले–माओवादी पार्टी खारेज, अब नेपाल कम्युनिष्ट पार्टी । मंगलबार नै निर्वाचन आयोगमा दल दर्ता

KP-oli-prachanda-sign-bam-5a8b0c59184f30.77998253

काठमाडौँ, ७ फागुन / नेपालका दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई दलको एकता संयोजक समितिको बैठकले नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको हो ।

दुई दलबाट गठित एकता संयोजन समितिको करिब चार घण्टासम्म चलेको बैठकपछि पार्टी एकताका लागि सात बुँदे सहमतिपत्र हस्ताक्षर भएको हो । सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित संयोजन समितिका सदस्यहरुले हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा हस्ताक्षर गरेपछि बाहिरिँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले दुईजना अध्यक्ष रहने गरी एकताको सहमति भएको बताए । ‘नयाँ पार्टीमा दुईजना अध्यक्ष रहने गरी हामीले सहमति जुटाएका छौँ’, उले बैठकपछि पत्रकारहरुसँग भने,’बैठककको अध्यक्षता पनि ओलीजी र मैले पालै पालो गर्नेछौँ ।’

बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सहमतिका ७ बुँदा पढेर सुनाएका थिए। उनले सहमतिका बुँदा वाचन सक्ने बित्तिकै पत्रकारले प्रश्न तेर्स्याए- एकता कहिले गर्ने? आलोपालो नेतृत्वको कुरा के हो ? राष्ट्रपति, सभामुख, उपसभामुख लगायतको बाँडफाटका विषयमा के भयो? पत्रकारका प्रश्नको जवाफ एमाले महासचिव ईश्वर पोखरेलले दिए। उनले भने- ‘हाम्रो बीचमा जे सहमति भएको छ, औपचारिक ढंगमा लिखितरुपमा सार्वजनिक गरेका छौँ। यो समझदारी बाहेक कतिपय कामहरू गर्ने शिलशिलामा भोलि छलफल गर्दै टुंगो गर्दै जानुपर्ने हुन सक्छ। जे समझदारी गरिएको छ जस्ताका तस्तै प्रस्तुत गरिएको छ।‘

ने.क.पा.(एमाले) र ने.क.पा. (माओवादी केन्द्र) का वीचमा एकीकरणका प्रारम्भिक आधारहरु

१) एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।

२) पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।

३) ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ ।

४. नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।

५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।

६. प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रीयता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै समाजिक आर्थिक रुपान्तरण मार्फत् समाजवादका आधार निमार्ण गरिनेछ ।

७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

यो पनि पढौँ

स्याङ्जा फेदीखोलामा पढाइ सकिएपछि जागिर
सृष्टि खड्का बनिन् मिस पोखरा

ट्रेन्डिङ


This will close in 3 seconds