ट्रिपरको ठक्करबाट स्याङ्जाकी पौडेलको पोखरामा ज्यान गयो

ट्रिपरको ठक्करबाट स्याङ्जाकी पौडेलको पोखरामा ज्यान गयो

Untitled

गण्डक न्युज पोखरा, ७ फागुन / पोखरा लेखनाथ १४, चाउथेमा ट्रिपरको ठक्करबाट एक युवतीको ज्यान गएको छ । स्कुटरमा सवार स्याङ्जा आँधीखोला गाँउपालिका वडा नं. ५ की २१ वर्षीया बन्दना पौडेलको मृत्यु भएको हो ।

सोमबार बेलुकी पौने ८ बजेतिर ना ६ ख ९००६ नम्बरको ट्रिपरले पौडेल सवार ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । टाउको, गोडा लगायतका अंगमा गम्भिर चोट लागेका उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पु¥याईएको थियो ।

राति सवा ८ बजे मृत्यु भएको अस्पतालले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । काभ्रे ट्राफिक प्रहरीले तीन महिनाको अवधिमा दुर्घटना भएकामध्ये ८ जनाको मृत्यु ट्रिपरकै कारण भएपछि टाइम कार्ड लागू गर्ने समाचार आईसकेको छ । ठक्कर दिएर हुने दुर्घटनामध्ये सबैभन्दा बढी ट्रिप्पर नै संलग्न छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ