पत्रकार प्रकाशचन्द्र सापकोटालाई ‘आदर्श समाज’ बाट बिदाई

पत्रकार प्रकाशचन्द्र सापकोटालाई ‘आदर्श समाज’ बाट बिदाई

Prakash Chandra Sapkota

गण्डक न्युज पोखरा, ६ फागुन । आदर्श समाज दैनिकका सहायक सम्पादक प्रकाशचन्द्र सापकोटा पत्रिकाबाट बिदाइ भएका छन् । निरन्तर १३ वर्षसम्म पत्रिकाका विभिन्न पदमा रही कार्यरत हेमजा निवासी सापकोटा पछिल्लो समय सहायक सम्पादक पदमा कार्यरत थिए ।

न्यूरोडस्थित पत्रिकाको कार्यालयमा आइतबार भएको उनको बिदाइ समारोहमा सहकर्मी साथीहरुले मायाको चिनोसहित खादा लगाएर बिदाइ गरेका हुन् । एउटै सञ्चारमाध्यममा उनको निरन्तर समर्पण, इमान्दारिता, लगाव र मेहनतको सहकर्मी साथीहरुले मुक्तकण्ठले प्रशंसा गरे । उनले आप्mनो कार्यव्यस्तताको कारण देखाउँदै माघ १ देखि लागू हुने गरी कार्यालयमा राजीनामा बुझाएका थिए । रेडियो हेमजाका कार्यकारी निर्देशक समेत रहेका पत्रकार सापकोटा प्रेस युनियन कास्कीका सचिव समेत छन् ।

पत्रिकाका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलाले पत्रकार सापकोटाले पत्रिकालाई पु¥याएको योगदान सधैँ सम्झिरहने बताए । साथै उनले सापकोटाको आगामी दिन अझ सुखद् र सफल होस् भनी शुभकामना दिए । सम्पादक यज्ञप्रसाद बास्तोलाले आगमन सुखद हुने भए पनि बिदाइ दुःखद र नरमाइलो हुने बताउँदै सापकोटाको उज्ज्वल भविष्यको कामना गरे ।

कार्यक्रमको अध्यक्षको आसनबाट बोल्दै कार्यकारी सम्पादक नवीन सिग्देलले पत्रकार सापकोटा निर्भिक, इमान्दार र स्पष्ट रहेको बताए । पत्रकार सापकोटाले आफूलाई चिनाउनुमा आदर्श समाजको ठूलो योगदान रहेको उल्लेख गर्दै आफू जहाँ रहे पनि पत्रिकालाई माया गरिरहने बताए ।

कार्यक्रममा स्वागत वरिष्ठ संवाददाता भीमपाणि बरालले र सञ्चालन संवाददाता रञ्जन अधिकारीले गरेका थिए । कार्यक्रममा सहायक सम्पादक विजय नेपाल, संवादददाता प्रकाश ढकाल, नारायण शाही, श्रीभद्र पौडेल लगायतले उनलाई खादा लगाउँदै मायाको चिनो प्रदान गरी शुभकामना व्यक्त गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds