प्रकाशचन्द्र सापकोटा पोखरा, ५ फागुन । पोखरामा जारी ९० औं हप्ताको सरसफाइ अभियना वडा नं.२५ हेमजाको मसिना वगरमा सम्पन्न भएको छ।
अभियानको संघिय प्रहरी इकाइ कार्यालय पोखराका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विष्णुहरी गौतमले राष्ट्रिय गान र सरसफाइ गरी कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममा नमुना टोल आम समूह पोखरा–२५ की अध्यक्ष प्रेमदेवि परियारले सफथ खुवाएकी थिइन्
सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, मुक्तिनाथ विकास बैक, ओम डेभलपमेन्ट वैक, रेडियो हेमजा, अभियान क्लब महिला उपसमिति जिरो किमी, माछापुच्छ«े महिला क्लब पोखरा–७, हेमजामा रहेका विभिन्न संघ संस्था, समाजसेवी, जनप्रतिनिधिलागायत वडावासीले ऐक्यवद्धता जनाएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए।
हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयम् सेवा भन्ने नारका साथ आयोजना गरिएको सरसफाइमा झण्डै पाँच टन फोहोर संकलन गरिएको अभियान्ता ममता सुनामले जानकारी दिइन्। कार्यक्रममा पोखरा लेखनाथ महानगर पालिका वडा नं. २५ का वडा सदस्य जीतबहादुर कार्कीले धन्यवाद व्यक्त गरेका थिए। ९१ औ हप्ताको सरसफाइ अभियान याम्दी दोभानमा हुने पौडेलले जानकारी दिए।
सम्बन्धित खबर
म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार
तातोपानी कुण्डमा स्नान गर्न लाग्न थाल्यो भिड
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
धवलागिरिको चुचुरो चुम्न १६७ मिटर बाँकी रहँदा अस्ताएका अनुभवी आरोही
आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु