मन्त्री लालबाबुले भने: ‘काम गर्नेहरु कोहिसँग डराउनुपर्दैन’, देश र जनताका पक्षमा इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन

मन्त्री लालबाबुले भने: ‘काम गर्नेहरु कोहिसँग डराउनुपर्दैन’, देश र जनताका पक्षमा इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन

Lalbabu padbhar

काठमाडौँ: नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले अब काम गर्नेले कोहीदेखि डराउनुनपर्ने बताएका छन् ।  पण्डितले देश र जनताका पक्षमा इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिए ।

साँझ अबेर पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले उनले भने – ‘स्थायी सरकार गठन भएकाले अब डर र त्रसित मानसिकताले काम गर्नुपर्ने अवस्था आउने छैन, मन्त्रालयको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा कोहीदेखि डराउनुपर्ने अवस्था रहने छैन ।’

यसअघि, मन्त्रालयका सचिव प्रकाश माथेमाले विकास र वातावरणलाई सन्तुलन कायम गरी अगाडि बढ्नुपर्ने आवश्यकताबारे मन्त्री पण्डितलाई जानकारी दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ