गण्डक न्युज पोखरा २ फागुन / यहाँका नाटक पारखीहरुलाई नाट्यशालामा नै नाटक हेर्ने धोको पूरा भएको छ । प्रदेश नं. ४ मै पहिलो नाट्यशालाका रुपमा पोखरामा पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ मा अवस्थित थिएटर तथा थिएटरद्धारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त्त श्रेष्ठ र कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद रविन्द्र अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे ।
समारोहमा बोल्दै दुवैजनाले पोखरा थिएटर उद्घाटन गर्न पाउनु आफुहरुको अहोभाग्य भएको बताए । पोखरा थिएटर र पोखरेली रगंमञ्चप्रति सधै साथ, सहयोग रहने प्रतिवद्धता दुवैजनाले गरे ।
सांसद अधिकारीले काठमाण्डु भिडको राजधानी भएको तर पोखरा कला साहित्यको राजधानी रहेको बताए । उनले आफूले सहयोग प्रक्रिया अघि बढाउँदै गर्दा आचारसंहिताले अघि बढ्न नसकेको जनाउँदै आफ्नो सहयोग रहन बताए । पोखरा चिनाउने यो पनि भएकाले पोखरेलीको साझा सम्पतिका रुपमा लिनुपर्ने उनको भनाई थियो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरूभक्तले लामो समयदेखिको सपना पूरा भएको बताए । स्वामी भुवनेश्वर कोइरालाबाट थालनी भएको नाटक आज यो अवस्थामा आएको बताए । उनले भने ‘नाट्यशाला थिएन । अनुप बरालले प्रयास गरेका थिए । सुनिल पोखरेलहरूको संघर्षका कथा पनि थाहा छ । सुनिलले काठमाण्डुमा गुरूकुल खोलेपछि त्यहाँ व्यवस्थित हुन सक्यो ।’

अग्रज गायिका हरिदेवी कोइरालाले ६ दशकको नाट्य ईतिहास रहेपनि बल्ल अहिले पोखरामा नाटकघर बनेको बताउँदै यो प्रदेशकै गौरवको कुरा भएकाले सबैले माया गर्नुपर्ने बताईन् ।
कवि तीर्थ श्रेष्ठले २००५ सालमा भुवनेश्वर कोइराला देखिको नाटक अहिले आफ्नै घरमा पोखरामा मञ्चन हुँदा औधि खुशी लागेको बताए । संरक्षक शंकरनाथ कोइरालाले आफ्नो मात्र लगानी भनेर सम्झेको छैन भन्दै सबै पोखरेलीको लगानी का रुपमा लिन आग्रह गरे । उनले स्मार्ट सिटीको परिकल्पनामा नाटक घर पनि पर्छ भन्ने आफ्नो ठम्याई रहेकाले सहयोगको अपेक्षा गरे । रंगकर्मी सुनिल पोखरेलले रंगकर्मको उर्वर भूमि पोखरा भएको बताए ।
थिएटरका संरक्षक शंकरनाथ कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा मञ्डला थिएटरका निर्देशक राजन खतिवडा, पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्की, सल्लाहकार रुपेन्द्र प्रभाबी लगायतले पोखरेली रगंमञ्च र पोखरा थिएटरको बारेमा भनाई राखे । नाटकघर सञ्चालनमा आएसँगै पोखरेली रगंमञ्चले नयाँ गती लिने अपेक्षा सहभागी सबैको थियो । थिएटरमा परिवर्तन कार्की, दिलप्रसाद गुरुङ र शंकरनाथ कोइरालाको संयुक्त लगानी रेहेको छ ।
उद्घाटनसँगै पोखरा थिएटरको गन्र्धव नाटकघरमा नाटक ‘सिरुमारानी’ मञ्चन भयो । यो नाटक मञ्चन सँगै थियटर हलमा बसेर नाटक हेर्ने पोखरेलीको वर्षाेदेखिको सपना पुरा भएको छ । नाटक हेरीसकेपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाउँदा कलाकार उत्साहित बनेका छन् । झण्डै दूई घण्टा लामो नाटकले छिनमा हसाँउछ । छिनमा रुवाउँछ । घरी गम्भीर बनाउँछ । नाटकमा प्रयोग गरिएको लाइट सिस्टम, टिपिकल बाजा, नेपालीपन झल्कने लवज, भेषभुषाले दर्शकलाई आर्कषित गर्छ ।

सरुभक्त्त श्रेष्ठको लेखनको नाटक ‘सिरुमारानी’मा पोखराका नयाँ तथा पुराना रंगकर्मीको अभिनय छ । यसअघि यो नाटक काठमाण्डौमा दुई समूहले मञ्चन गरिसकेको छ । अनुप बराल र दयाहाङ राईको निर्देशन रहेको थियो । यसपटक पोखरामा सोमनाथ खनालले गरेका हुन् ।
नाटकमा पोखरेली रंगमञ्चमा चिनिसकेका प्रकाश घिमिरे, माओत्से गुरुङ, विष्णु गौतमको अभिनय, धनबहादुर गायकको वाजाको धुनले पोखरेली रगंमञ्चलाई माया गर्नेहरु थप उत्साहित बन्नायो । साथमा विभिन्न नाटक मार्फत रंगमञ्चमा देखिसकेका दिल गुरुङको दोहोरो भुमिका अलावा सेनापती बनेका रमेशबाबु तिमिल्सिना तथा रंगमञ्चमा आशा लाग्दो प्रतिभा बनेर उदाउन खोजेका सीमा गुरुङ, अन्जू दाहाल, बबिता मल्ल, लक्ष्मण डुम्रे, प्रसूना भण्डारी, सचिन गिरी, शरद भण्डारी, ध्रुव पौडेल, अविराज बी. सी., सूर्य सुवेदी, सम्झना सिर्पाली, विश्वराज पौडेल लगायतका कलाकारको अभिनयले पोखरेली रगंमञ्चमा नयाँ तरगं ल्याएको कारण नाटक हेर्ने पुग्नेको भिड बढ्ने अपेक्षा गरिएको छ । थियटरका अध्यक्ष परिवर्तनको संयोजनमा मञ्चन भएको नाटकको निर्देशन सोमनाथ खनालले गरेका छन् ।
सर्वसाधरणको लागि नाटक फागुन ३ गतेबाट फागुन १५ गतेसम्म हरेक साँझ पौने पाँच बजेबाट मञ्चन हुनेछ । शनिबार र विदाको दिन दिउँसो १ बजेबाट अतिरिक्त सो समेत हुनेछ । नाटक हेर्न तीन सय र पाँच सय दरको टिकट काट्नुपर्नेछ । विद्यार्थीको हकमा एक सय दरको टिकट लाग्नेछ । नाटकघरमा पुगेर नाटकको वास्तविक स्वाद लिन सबै नाट्यप्रेमीमा थिएटर अध्यक्ष परिवर्तन कार्कीको आग्रह छ ।

सम्बन्धित खबर
स्याङ्जामा दुर्गेशलाई हेरेको हेर्यै
राजेन्द्र सापकोटाको ‘उठ्ने बेलाको’ गीतले दर्शक श्रोताको मन जित्दै
गीतकार डा. शिव सुवेदी भन्दै आए ‘फेरियौ मायालु’ [भिडियो]
नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक [भिडियो]
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक [भिडियो]
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम