पोखरामा दोस्रो पटक बसमा अचानक आगो लाग्यो …

पोखरामा दोस्रो पटक बसमा अचानक आगो लाग्यो …

bus-ma-ago

पोखरा जिरो किमिमा पुस २२ गते बसमा लागेको आगो

गण्डक न्युज पोखरा, २ फागुन / गत पुस २२ गते पोखराको जिरो किलोमिटरमा पार्किङमा राखिएको एक बसमा अचानक आगोलागी भएको थियो । सोहि प्रकृतिको घटना बुधबार पनि दोहोरिएको छ । पोखरा लेखनाथ वडा नं. १४ मझेरीपाटनमा रोकिराखिएको बसमा अचानक आगो लागेको हो ।

पार्किङ गरि राखेको ग १ ख ६९२५ नम्बरको बसमा आगो लागेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । आगो लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी टोली पुग्दा बस भित्र सम्पूर्ण रुपमा क्षति पुगिसकेको प्रहरीले बताएको छ ।

सबेरै ४ बजेतिर घटना भएको थियो । एक्कासी बसबाट धुँवाको मुस्लो बाहिर देखेपछि स्थानीयले प्रहरी गुहारेका थिए । प्रहरीका अनुसार गाडीको अगाडिको सिसा समेत फुटेको छ । आगलागीको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

जिरो किलोमिटरमा रोडवेज एसी ट्राभलको बेनी–बाग्लुङ–पोखरा–काठमाडौं चल्ने ना५ख ७२०४ नम्बरको बसमा दिउँसै आगोलागी भएको थियो । आगोलागीबाट बसमा पूर्णरुपमा क्षति पुगेको छ भने सो स्थानबाट बस अझै हटाईएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ