गण्डक न्युज पोखरा, २ फागुन / भारतीय प्याराग्लाईडरले बुधबार ज्यान गुमाएका छन् । प्याराग्लाइडिङकै क्रममा सन्तुलन गुमाएर फेवातालमा खस्दा डुबेर शिवराजुमणिको ज्यान गएको हो ।
भारत कर्नाटक राज्य घर भई यहाँ प्याराग्लाइडिङ गर्दै आएका शिवराजुमणि प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा फेवा तालमा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ५४ वर्षीया उनी सिधै तालमा खसेको प्रत्यक्षदर्शी शिव जलारीको भनाई उद्दृत गर्दै प्रहरीले जानकारी दिएको छ ।
उनलाई तत्काल उद्धार गरी उपचारका लागि मेट्रोसिटि अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्याराग्लाईडिङ उडानका लागि विश्वकै उत्कृष्ट गन्तब्य उन्मुख पोखरामा समय समयमा यस्तो घटना भईरहेका छन् ।
यसअघि, गत असारमा पोखरा लेखनाथ ३३ घर भएका प्रभात सुवेदीको ज्यान गएको थियो । त्यसअघि, अघिल्लो वर्ष माघको दोस्रो साता बेलायती नागरिक मिचेल पिटर र २०७३ मै कार्तिक दोस्रो साता स्याङ्जा स्वरेकमा लेकसाईडका शैलेष पहारीको निधन भएको थियो ।
गत वर्ष पुसमा स्याङ्जा कालिकाकोटमा सुडानी नागरिक टन सोडन ग्रीन भीरमा अड्किँदा गम्भिर घाईते हुन पुगेका थिए । गत असोजमा फेवातालमा खसेका पाँचजना यात्रु र छ जना प्याराग्लाईडिङ पाइलटलाई उद्धार गरिएको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा दुर्गेशलाई हेरेको हेर्यै
आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्यः प्रदेश प्रमुख भट्ट
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
तनहुँमा महायज्ञबाट ४३ लाख बढी संकलन
स्याङ्जामा आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन
राष्ट्रपति पौडेल पोखरामा
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम