गण्डक न्युज पोखरा, १ फागुन / धादिङ गंगाजमुना गाउँपालिका वडा नं. ५ फूलखर्कका रेशमबहादुर घर्ती भुजेल मलेसियामा अलपत्र अवस्थामा रहेको भिडियो सामाजिक सञ्जालमा छाएको छ । शारीरिक रुपमा अस्वस्थ भएपछि उनी काम छाडेका छन् भने सडकमा बेहाल अवस्थामा रहेको भिडियो र फोटोमा देखिन्छ ।
https://www.facebook.com/dhading1/videos/1839690719383267/
जापानमा रहेका गाउँबासी दीपेन्द्र अधिकारीले फेसबुक वालमा पोस्ट गरेको भिडियोमा उनले स्पष्टताका साथ आफ्नो र परिवारबारे खुलाएका छन् ।
उनका अनुसार काठमाण्डौ धुम्बाराही स्थित कालिञ्चोक म्यानपावरबाट उनी मलेसिया पुगेका हुन् । पठाउने एजेण्ट खगेन्द्र हुन् भनेर बताएका छन् ।

मलेसियाको इमिग्रेसनले दिएको भिजिट पासमा उनी सेक्युरिजी अज्गानमा काम गर्ने उल्लेख छ । उनले परिवारको नाम प्रतिभा भुजेल भनेका छन् भने बुबा बोधबहादुर घर्ती, आमाको नाम मेघमाया भुजेल बताएका छन् । भाइको नाम कमल भुजेल र भाइ काठमाण्डौमै सानोतिनो जब गर्ने खुलाएका छन् ।
उनका अनुसार सानोतिनो बिरामी पहिल्यैदेखि हो । पछिल्लो समय च्यापेको हो । कम्पनीले बस् सानोतिनो जागिर भनेका थिए । एक महिनाजति पनि भएको छैन काम छाडेको भनेर स्पष्ट पारेका छन् । मलेसियामा यसरी उनी अलपत्र छन् ।

– Pic./Video Dipendra Adhikari
सम्बन्धित खबर
नारायणघाटबाट काठमाडौँ जाँदै गरेको माइक्रो धादिङमा दुर्घटना, ५ जना घाइते
धादिङमा लेनदेन विवादमा युवकको हत्या, एक जना पक्राउ
धादिङको उत्कृष्ट विद्यालय भिमोदयको ४७ औं वार्षिकोत्सव
धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह
त्रिशूलीमा ट्रक खस्यो
झ्याप्ले खोलामा पुरिएका थप १० शव फेला
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो