पोखरामा ‘भ्यालेन्टाइन डे’ का लागि भारतबाट आधा करोडको गुलाब फूल ‘Rose’

पोखरामा ‘भ्यालेन्टाइन डे’ का लागि भारतबाट आधा करोडको गुलाब फूल ‘Rose’

beautiful-red-roses-boon-mee

पोखरा, १ फागुन / यस वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे) का लागि पोखरामा भारतबाट आधा करोड रुपैंया बराबरको रातो गुलाफ आयात भएको छ । यो गत वर्षको तुलनामा १५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको तुलनामा यसवर्ष १५ प्रतिशतले माग बढेकाले केही थप आयात गर्न लागिएको हो ।

यस वर्ष पोखरामा ५० हजार स्टिकको हाराहारीमा रातो गुलाब आयात हुने । पोखरामा दैनिक ७ हजार गुलाफको बजारमा माग रहेको छ । त्यसमध्ये २० प्रतिशत आन्तरिक उत्पादनले धाने पनि ८० प्रतिशत अझै पनि भारतबाट ल्याउनुपर्ने अवस्था रहेको फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्की शाखाका अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए ।

गत वर्षको प्रणय दिवसमा ३० हजार वटा मात्र रातो गुलाफ खपत भए पनि यस पटक केही माग बढेको छ । यस वर्ष २० हजार गुलाफ बढी आयात गर्न लागिएको हो । गत वर्ष उपभोक्ताले रु ५० देखि ६० तिरेका भए पनि भारतमा नै फूलको मूल्यमा वृद्धि भएकाले यसवर्ष प्रति स्टिक १ सय रुपैँया पर्ने द्धाको भनाइ छ । द्वाले भने, ‘जाडोको समयमा फूल उत्पादनमा कमी आउने भएको र अझै पनि पुष्प व्यवसायप्रति मानिसको आकर्षण नभएकाले आन्तरिक उत्पादनले धान्न कठिन भएको हो ।’

हाल काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटमा रातो गुलाफको व्यावसायिक खेती गरिँदै आएको छ । हरेक वर्ष फेब्रुअरी १४ मा यो पर्व मनाउने भएपनि एक हप्ता अघिदेखि बजारमा फूल व्यापारको चहलपहल हुने गर्दछ । तर कास्कीमा भने व्यवसायीक रुपमा गुलाफको खेती नगरिने हुदाँ बाहिर भर पर्नुपर्ने बाध्यता रहेको द्धाले बताए ।

प्रणय दिवसमा गुलाफको खरिद बिक्री बढी हुने भएकोले यहीँ व्यवसायीक रुपमा गुलाफको फुल लगाउन द्धाले कृषकलाई आग्रह गरेका छन् । त्यसको लागि आवश्यक पर्ने तालिम, जानकारी र सहयोग गर्न तयार रहेको उनले बताए । बाहिरबाट फुल मगाउन भन्दा स्थानिय उत्पादित फुल बिक्री वितरण गर्न सकेमा स्थानिय पैँसा नबाहिरिने उनको बुझाई छ ।

प्रणय दिवसमा रातो गुलाफ र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा भने नेपाल आत्मनिर्भर बनिसकेको छ । अष्टे«लिया, मलेसियामा नेपाली बसोबास गर्ने गरेकाले तिहारको समयमा ती देशमा मखमली फूल निर्यात समेत हुने गरेको छ । नेपालमा पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फष्टाउँदो छ ।

फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, चितवन र मोरङ लगायत ४१ जिल्लामा लगभग ६ सय ७५ पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ ।

– उमा आले मगर / जक्सन डटकम

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds