रञ्जन अधिकारी पोखरा, १ फागुन / कास्कीको मादी गाउँपालिका वडा नं. ५ बयरघारी बस्ने एक बहादुर विकले आफ्नी श्रीमती गौमाया विकलाई चिर्पटले टाउकोमा हानेर हत्या गरेका छन् ।
सोमबार राती विकले श्रीमतीलाई चिरपाटे दाउराले टाउकोमा प्रहार गरेपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय, हंसपुर डाँडाकोनाकका प्रमुख डिएसपी गोविन्द पुरीले गण्डक न्युजलाई जानकारी दिए ।
श्रीमान-श्रीमती नै रक्सी खाएर प्रायः झगडा गर्ने गरेको अनुसन्धानमा खुलेको छ । ४१ वर्षीय एकबहादुर र ४५ वर्षीया गौमायाका तीन छोरा, एक छोरी छन् । घरमा एकबहादुरका आमा समेत थिईन् । सधैंजसो झगडा पर्ने भएकाले वास्ता नगरेको बताईन्छ ।
बेलुकी ८ बजेदेखि नै रक्सी खाएपछि उनीहरुबीच भनाभन हुन सुरु भएको थियो । राति ११ बजेतिर दाउराले देब्रे आँखाभन्दा माथिल्लो भागमा प्रहार गर्दा गौमाया ढलिन् । त्यसपछि एकबहादुर भागे । बिहान उठेर हेर्दा मात्र परिवारले गौमाया मरिसकेको थाहा पाएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरे ।
प्रहरीले बहिनीको घरमा लुकेर बसेको अवस्थामा एकबहादुरलाई पोखराको रामबजारबाट पक्राउ गरे । उनलाई जिल्ला प्रहरी कार्यालयमा पठाईयो । एकबहादुरले ‘मार्छु भनेर नहानेको तर मरिहाल्यो’ भन्ने बयान दिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा दुर्गेशलाई हेरेको हेर्यै
आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्यः प्रदेश प्रमुख भट्ट
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
तनहुँमा महायज्ञबाट ४३ लाख बढी संकलन
स्याङ्जामा आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन
राष्ट्रपति पौडेल पोखरामा
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम