काभ्रे, २९ माघ । भक्तपुरको जगाती कटेपछि सिन्धुपाल्चोक र सिन्धुलीको सिमानासम्मका राजमार्गमा दुर्घटना हुने वित्तिकै कतिपय ट्रिपर चालकलाई ज्यान जोगाउानै मुस्किले हुने गरेको छ ।
अरनीको राजमार्गको साँगामा गत साता ट्रिपरले मोटरसाइकललाई ठक्कर दियो तर ट्रिपर चालकले नै थाहा पाएनन् । अरनीको राजमार्गको जनागाल खण्ड आएपछि प्रहरीले ट्रिपरलाई रोक्दै गरेको देखेपछि मात्रै थाहा पाए दुर्घटना भएछ ।
बा४ख ३३३६ नम्बरको टि्रपरले गत साता बनेपाको नालामा ढक्कर दिदा भक्तपुरका बद्री खड्काको मृत्यु भयो । चालकले धेरै नै मापसे गरेको प्रहरी अनुसन्धानले देखायो । जिल्ला प्रहरी कार्यालय काभ्रेले नक्कली लाइसेन्स बोकेर ट्रिपर चलाउाने २९ जनालाई यो वर्ष पनि मुद्दा चलाएको छ । तर, जति कसिलो बने पनि अरनीको राजमार्ग र विपी राजमार्गमा ट्रिपर आतंकमा कमी हुन सकेको छैन् ।
तीन महिनामा ८ को मृत्यु
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गत तीन महिनाको अवधिमा काभ्रेमा ट्रिपरकै कारण भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
यो अवधिमा भएका दुर्घटनामा बटुवा र मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । तीन महिनामा मात्रै ६० वटा भन्दा बढी गम्भीर किसिमका दुर्घटना भएका छन् । दुर्घटनाबाट २४ जना गम्भीर घाइते बनेका छन् ।
साँगा-बनेमामा अनिश्चित जीवन
प्राय अरनीको राजमार्गको साागादेखि बनेपासम्म धेरै दुर्घटना हुने गरेको छ । बनेपाबाट पनौती खण्ड, विपी राजमार्गको काभ्रेभञ्याङदेखि नेपालथोक र अरनीको राजमार्गको धुलिखेलबाट दोलालघाटसम्म धेरै नै दुर्घटना हुने गरेको छ ।
प्रहरीका अनुसार एकान्त चेकिङ नहुने स्थानमा ट्रिपर चालकले अरु सवारीसाधनलाई बाटो नै दिदैनन् । जवरजस्त ट्रिपर कुदाउने गरेको प्रहरीको भनाइ छ ।
कानून के भन्छ ?
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१(१) ले नियतबस दुर्घटना गराइएको र सो ढहरीए १० वर्ष भन्दा बढी जेल बस्नु पर्ने छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (२) लपरवाही गरेर दुर्घटना गराइएको ठहरीएमा २ महिना देखि १० वर्षसम्म जेल बस्नु पर्ने छ ।
प्राय यो दफा टि्रपर दुर्घटना पछि लगाइने दफा हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१(३) भवितव्य भएको दुर्घटनाामा २ महिना देखि ३ वर्षसम्म जेल बस्नु पर्ने छ ।
अब काभ्रे चल्ने ट्रिपरलाई टाइम कार्ड
दैनिकजसो ट्रिपरकै कारण दुर्घटनामा वृद्धि भएपछि जिल्ला ट्राफिक कार्यालय काभ्रेले टाइम कार्ड लागू गर्ने भएको छ ।बनेपामा एक कार्यक्रम गर्दै ट्राफिक कार्यालय काभ्रेले आगामी फाल्गुन १ गतेबाट काभ्रे भित्र चल्ने ट्रिपरहरुलाई टाइम कार्डको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
दैनिक दुर्घटना बढ्दै गएकाले दुर्घटनाको मूख्य कारण बनेको तीब्र गति नियन्त्रणका लागि काभ्रेमा चल्ने ट्रिपरहरुलाई टाइम कार्डको व्यवस्थापन गर्न लागिएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख शेखरजंङ मल्लले बताए ।
काभ्रेबाट दैनिक ३ हजार भन्दा बढी ट्रिपरले निमार्ण सामाग्री बोकेर राजधानी भित्रने गरेका छन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने