गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
नाम दुवैका ‘लालबाबु’ । तर, फरक पार्टीका, फरक धारणा राख्ने । धमलाको हमलामा ऋषि धमलाले उपयुक्त पात्र चयन गर्दै शो मा हाजिर गराए । एमाले पोलिटब्युरो सदस्य पण्डित प्रतिनिधिसभा सांसद हुन्, जसले शेखर कोईराला जस्ता कोइराला विरासत बोकेका काँग्रेसका खम्बालाई उनकै गृहक्षेत्रमा हराए । राउत भने प्रदेश नं. २ का मुख्य मन्त्री पक्का भईसकेका छन् ।
संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले बहुसंख्यक नेपालीले बोल्ने नेपाली भाषा नेपालको नभएको दाबी गरे । साथै, हिन्दि भाषा चै नेपालको वास्तविक भाषा भएको बताएका छन् । फोरमले मुख्यमन्त्री पाए राउत नेपालकै अल्पसंख्यक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पदमा पुग्ने प्रथम व्यक्ति हुनेछन्।
राउतले प्रदेश दुईको भौतिक विकासलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । राउतले संविधान संशोधन गरेर मधेशी जनताको अधिकार पूर्ण बनाउनुपर्ने मुद्दालाई पनि आफूहरुले प्राथमिकतामा राखेको बताएका छन् ।
नेकपा एमालेका नेता लालबाबु पण्डितले भने अहिले मधेशी दलले उठाएका माग पूरा गर्नका लागि संविधान संशोधन गर्न नसकिने जिकिर गरे । दौरा सुरुवाललाई राष्ट्रिय पोषाक बनाउन नसकिने राउतले बताएपछि पण्डितले त्यसको कडा खण्डन गरे ।
हिन्दी भाषालाई कामकाजी भाषा बनाउनुपर्ने राउतको भनाई छ । तर पण्डितले भने हिन्दी भाषालाई प्राथमिकता दिन नहुने बताए । यही विषयमा दुई लालबाबुबिच विवाद भएको छ । लालबाबु पण्डितले नेपाली भाषा र नेपालको राष्ट्रिय पोशाक मानिएको दौरा सुरुवालको पक्षमा दह्रो अडान राखेका छन् साथै राउतको भनाईलाई जमेर प्रतिवाद गरेका छन् ।
लालबाबु राउत क्याम्पस जीवनमा नेपाल विद्यार्थी संघसँग आबद्ध थिए। पछि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमको केन्द्रीय सचिव भएर काम गरे। महाधिवेशनपछि उनी केन्द्रीय सदस्य तथा राष्ट्रिय उपाध्यक्ष समेत भए।
दोस्रो संविधान सभाको व्यवस्थिपिका संसदको राज्य व्यवस्था समिति तथा संविधानको मस्यौदा बनाउने समितिको अनुभव बटुलेका लालबाबु पार्टीका एक बौद्धिक नेताको रुपमा चिनिन्छन् । सामान्यप्रशासन मन्त्री हुँदा डिभीपिआरधारी विरुद्ध ऐन नै ल्याउन सफल भइ राष्ट्रवादी नेताका रुपमा उनले प्रमाणित गरिसकेका छन् । प्रदेश नं २ मा राजपासँग गठबन्धन गरी मधेसकेन्द्रित दललाई प्रदेश २ मा शानदार विजय हासिल गराउन प्रमुख भूमिका खेलेका नेता मध्येमा एक हुन् लालबाबु।
लालबाबु पण्डित र लालबाबु राउतबिच पोशाक र भाषालाई लिएर चर्काचर्की
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने