काठमाडौं, २७ माघ / नेपाली राष्ट्रिय फुटबलर तथा रुस्लान थ्रीस्टार क्लबका कप्तान बिक्रम लामालाई काठमाडौंस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।
शनिबार धरानमा सम्पन्न २० औं बुढासुब्बा गोल्डकपको फाइनल खेलका क्रममा खुट्टा भाँचिएपछि लामालाई हवाईजहाजमार्फत काठमाडौं पुर्याइएको थियो । पुलिससँगको फाइनल खेल्दा विपक्षी खेलाडी सँग ठोक्किएर उनको दायाँ नली खुट्टा भाच्चिएको हो । पहिलो हाफमा पुलिसका तेज तामाङसँग ठोक्किएका थिए । शनिबार साँझ नै काठमाडौं ल्याइएका विक्रमको दायाँ नली खुट्टाको आजै शल्यक्रिया हुँदैछ ।

क्लबका महासचिव सञ्जिव शिल्पकारका अनुसार डाक्टर चक्रराज पाण्डे नेतृत्वको टोलीले रातीनै शल्यक्रिया गर्नेछ । महासचिव शिल्पकारका अनुसार विक्रमलाई खेलमा फर्कन कम्तिमा पछि छ महिना लाग्नेछ । ‘सामान्य हिडडुलका लागि मात्र पनि तीन महिना लाग्न सक्छ’, शिल्पकारले भने,’खेलमा फर्कनका लागि छ महिना कम्तीमा लाग्ने अनुमान छ ।’
राष्ट्रिय टोलीका मिडफिल्डर समेत रहेका विक्रमको नेतृत्वमा थ्री स्टारले तीन सातामा ३ वटा नकआउट फाइनल खेलेको छ । माघको १२ गते मदन भण्डारी स्मृति इटहरी गोल्ड कपको उपाधि जितेको थ्री स्टारले अघिल्लो शनिबार पोखरामा आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलेको थियो । तर पुलिससँगै १-० ले हारेको थियो । बुढासुब्बा थ्री स्टारको वर्षको दोस्रो उपाधि हो ।

Source: Hamro Khelkud/Kheldainik
सम्बन्धित खबर
तेश्रो बेगनास कप सुरु
तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता जारी
पोखरा– १४ मा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता आजदेखि
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम