राजेन्द्र पाण्डे मुख्यमन्त्री दौडबाट पछि हटे, अष्टलक्ष्मी र डोरमणि चुनावी मैदानमा

राजेन्द्र पाण्डे मुख्यमन्त्री दौडबाट पछि हटे, अष्टलक्ष्मी र डोरमणि चुनावी मैदानमा

astalaxmi dormani

काठमाडौं, २६ माघ । एमाले प्रदेश ३ को संसदीय दलका नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलले उम्मेदवारी दिएका छन् । एमाले दलको नेता यो प्रदेशको मुख्यमन्त्री हुनेछन् ।

मुख्यमन्त्रीको दावेदार राजेन्द्र पाण्डेले उम्मेदवारी नै दिएनन् । उनले उम्मेदवारी फारम भने लगेका थिए । पाण्डेले अन्तिम समयमा आएर अष्टलक्ष्मी शाक्यलाई समर्थन गरेका छन् ।

एमाले उपाध्यक्ष एवं प्रदेश इञ्चार्ज समेत रहेकी शाक्यको प्रस्तावकमा पशुपति चौलागाईं र समर्थकमा राजेन्द्रमान श्रेष्ठ छन् । प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका डोरमणि पौडेलको प्रस्तावकमा केशव स्थापित र समर्थकमा कैलाश ढुंगेल छन् । एमालेभित्रको गुटका आधारमा अष्टलक्ष्मी माधव नेपाल समूहका हुन् भने पौडेल ओली समूहका हुन् ।

Onlinekhabar

प्रदेश ३ मा एमालेका ५८ सांसद छन् । ५८ मध्ये ओली पक्षमा ३४ जना रहेको दावी गरिएको छ । महिला र पार्टीको सिनियर नेता भएका कारण अष्टलक्ष्मीले ओली समूहको मत पनि तान्न सक्ने अनुमान नेपाल पक्षको छ ।

तर, एमाले नेतृत्वले न त सहमतिको प्रयास गर्‍यो न त आन्तरिक चुनावलाई गुटका आधारमा खुलेर समर्थन नै गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार शाक्यलाई बोलाएर परामर्श गरेका थिए । शाक्यले चुनाव नै भएपछि आफूले जित्ने बताएपछि ओलीले शुभकामना दिएको स्रोतले बताएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ