पोखरा, २४ माघ । राष्ट्रियसभाको चुनावमा प्रदेश नम्बर ४ को सबै नतिजा सार्वजनिक भएको छ । ५ सीट वाम गठबन्धनले जितेको छ भने ३ सीट काँग्रेसले हात पार्यो । गठनबन्धनबाट खुल्लामा २, महिलामा २ र दलितमा १ जना विजयी भएका छने भने नेपाली काग्रेसले खुला र महिलाबाट एक एक जना बिजयी भएका छन् ।
खुल्ला तर्फ वाम गठबन्धनका पर्वतका गणेश तिमिल्सिना, बागलुङका दिननाथ शर्मा, नेपाली काग्रेसका गोरखाका सुरेन्द्र राज पाण्डे विजयी बने । उनीहरुले राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी भन्दा बढि मत ल्याउदै बिजयी भएका हुन् ।
त्यसै गरि महिला तर्फ वाम गठबन्धनबाट बागलुङकी शान्ती जिसी, लमजुङकी दीपा गुरुङ, नेपाली काग्रेसकी कास्कीकी विन्दा राना बिजयी भए । उनीहरुले राष्ट्रिय जनमोर्चाकी मीना पुन भन्दा बढि मत ल्याउदै बिजयी भनेका हुन् ।
दलित कोटामा एमालेका खेमबहादुर विक विजयी भएका छन् । उनले नेपाली काग्रेसका जीतबहादुर नेपालीलाई हराउदै बिजयी बने । विकले ३३ सय ९६ मत प्राप्त गरे भने नेपालीले २२ सय ९८ मत प्राप्त गरे । निर्वाचन अगाडी नै अपाङ्गता भएकाको कोटामा तनहूँका प्रकाश पन्थ बिजयी भएका थिए । एमालेका अपाङ्गतर्फ स्याङजाका रामबहादुर थापाको उमेद्वारी निर्वाचन आयोगले खारेज गरे पछि काग्रेसका पन्थ विजयी भएका हुन् ।
स्थानीय तहका १ सय ७० जनाको ३ हजार ६० मतभार र प्रदेश सभा सभासद् ५९ जनाको २ हजार ८ सय ३२ मतभार रहेको छ ।
गणेश तिमिल्सिना १७८२
दिननाथ शर्मा १५३०
सुरेन्द्र राज पाण्डे २२६२
कृष्ण अधिकारी १९८
शान्ती कुमारी अधिकारी जिसी १५१२
दीपा गुरुङ १७१६
विन्दा देवी आले राना २२७४
मीना पुन २७४
सम्बन्धित खबर
आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्यः प्रदेश प्रमुख भट्ट
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
तनहुँमा महायज्ञबाट ४३ लाख बढी संकलन
स्याङ्जामा आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन
राष्ट्रपति पौडेल पोखरामा
ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम