राष्ट्रिय सभामा पनि वाम वर्चस्व [सातै प्रदेशमा विजेताको नामावली]

राष्ट्रिय सभामा पनि वाम वर्चस्व [सातै प्रदेशमा विजेताको नामावली]

Ganesh Timilsina

काठमाडौँ, २४ माघ / राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । बुधबार राति सार्वजनिक परिणामअनुसार एमाले, कांग्रेस र मा‌ओवादी केन्द्रका अधिकांश उम्मेदवारहरु विजयी भएका निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रियसभामा पनि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको प्रष्ट बहुमत आएको छ । तर, एमाले एक्लैको भने बहुमत पुगेन । मंगलबार चुनाव भएका ३२ मध्ये २९ सिटको अन्तिम मत परीणाम आइसकेको छ भने तीन सिटको गणना जारी छ । २४ सदस्य भने निर्विरोध निर्वाचित भएका थिए ।

निर्वाचित र निर्विरोध गरी ५३ सिटको परीणम आउँदा वाम गठबन्धनले ३६ सिट जितेको छ । जसमा एमालेको २५ सिट छ भने माओवादीले ११ सिट जितेको छ । कांग्रेसले १३ सिट जित्दा राजपा र संघीय समाजवादी फोरमले २-२ सिट जितेका छन् ।

कुन प्रदेशमा के भयो ?

प्रदेश १ बाट ६ सदस्य निर्विरोध भएका थिए । दलित र अपाङ्ग तथा अल्पसंख्यक कोटामा चुनाव भएको थियो र दुबैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । चुनावी प्रतिस्पर्धामा कांग्रेस उम्मेदवारहरु हारेका छन् । प्रदेश २ बाट आठै सदस्य निर्विरोध चयन भए । उनीलाई बुधबार नै प्रमाणपत्र दिइएको छ ।

प्रदेश ३ मा वाम गठबन्धनका महिला कोटाकी उम्मेदवार गंगा पराजुली पराजित भइन् । त्यहाँ एमालेका दुई महिला उम्मेदवार र कांग्रेसका एक विजयी भएका छन् । यस्तै नेमकिपा र राप्रपाका उम्मेदवार पनि हारेका छन् ।

प्रदेश ४ मा खुला र महिलातर्फ कांग्रेस र वाम गठबन्धनका उम्मेदवार विजयी भए । राजमोका उम्मेदवार पराजित भए । दलित कोठामा वाम गठबन्धनले कांग्रेस उम्मेदवारलाई पराजित गर्दा अपाङ्गमा कांग्रेस उम्मेदवार निर्विरोध भएका थिए ।

प्रदेश ५ मा महिला समूहबाट तीन सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । दलित र अपाङ्ग तथा अल्पसंख्यकका साथै खुलातर्फ दुई सिट वाम गठबन्धनले जित्दा खुला तर्फको एक सिटमा कांग्र्रेस उम्मेदवार विजयी भएका छन् । त्यहाँ पनि राजमोका उम्मेदवार पराजित भए ।

प्रदेश ६ को खुलातर्फ, महिला, दलित र अपाङ्ग तथा अल्पसंख्यकमा वाम गठबन्धन विजयी भएका छन् । प्रदेश ७ मा मात्र दुई सिटका लागि चुनाव भएको थियो र दुबै सिट वाम गठबन्धनले जितेको छ ।

प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता/अल्पसंख्यकसहित ५६ जना निर्वाचित हुनुपर्नेछ। ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कम्तीमा एक महिलासहित तीनजना मनोनित गर्ने संवैधानिक व्यवस्था छ।

विभिन्न राजनीतिक दलबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित/निर्विरोध भएकाहरुको नामावली

प्रदेश १

अन्य समूहतर्फ
परशुराम मेघी गुरुङ (निर्विरोध), एमाले
हरिचरण शिवाकोटी (निर्विरोध), एमाले
रमेशजङ्ग रायमाझी (निर्विरोध), कांग्रेस

महिलातर्फ
नैनकला ओझा (निर्विरोध), एमाले
विना पोखरेल (निर्विरोध), माओवादी केन्द्र
सरिता प्रसाईं रायमाझी (निर्विरोध), कांग्रेस

दलिततर्फ
खेमराज नेपाली (निर्वाचित), एमाले

अपाङ्ग/अल्पसंख्यकतर्फ
अगमप्रसाद बान्तवा राई (निर्वाचित), एमाले

प्रदेश २

अन्य समूहतर्फ
जीतेन्द्र देव (निर्विरोध), कांग्रेस
रमेशप्रसाद यादव (निर्विरोध), राजपा
सुमनराज प्याकुरेल (निर्विरोध), एमाले

महिलातर्फ
शशीकला दाहाल (निर्विरोध), माओवादी केन्द्र
मुक्ताकुमारी यादव (निर्विरोध), कांग्रेस
प्रमिला कुमारी (निर्विरोध), फोरम नेपाल

अल्पसंख्यक वा अपाङ्गतर्फ
वृषेशचन्द्र लाल (निर्विरोध), राजपा

दलिततर्फ
रामप्रित पासमान (निर्विरोध), फोरम नेपाल

प्रदेश ३

अन्य समूहमा
बलराम प्रसाद बास्कोटा (निर्वाचित), एमाले
राधेश्याम अधिकारी (निर्वाचित), कांग्रेस
रामबहादुर थापा (निर्वाचित), माओवादी केन्द्र

महिलातर्फ
उदया शर्मा पौडेल (निर्वाचित), एमाले
दिलकुमारी रावल थापा (निर्वाचित), एमाले
धनकुमारी खतिवडा (निर्वाचित), कांग्रेस

दलिततर्फ
सिंहबहादुर विश्वकर्मा (निर्वाचित), एमाले

अल्पसंख्यक वा अपाङ्गतातर्फ
रामचन्द्र राई (निर्वाचित), एमाले

प्रदेश ४

अन्य समूहतर्फ
गणेशप्रसाद तिमिल्सिना (निर्वाचित), एमाले
दीनानाथ शर्मा (निर्वाचित), माओवादी केन्द्र
सुरेन्द्रराज पाण्डे (निर्वाचित), कांग्रेस

महिलातर्फ
शान्तिकुमारी जिसी (निर्वाचित), एमाले
दीपा गुरूङ (निर्वाचित), एमाले
विन्दादेवी आले (निर्वाचित), कांग्रेस

दलिततर्फ
खिमकुमार विक (निर्वाचित),एमाले

अल्पसंख्यक वा अपाङ्गतातर्फ
प्रकाश पन्थ (निर्विरोध), कांग्रेस

प्रदेश ५

अन्य समूहतर्फ
खिमलाल भट्टराई (निर्वाचित), एमाले
चन्द्रबहादुर खड्का (निर्वाचित),मा‌ओवादी केन्द्र
दुर्गाप्रसाद उपाध्याय (निर्वाचित), कांग्रेस

महिलातर्फ
अनिता देवकोटा (निर्विरोध), कांग्रेस
कोमल वली (निर्विरोध), एमाले
मिना बुढा (निर्विरोध), एमाले

दलिततर्फ
रामलखन चमार (निर्वाचित), एमाले

अल्पसंख्यक वा अपाङ्गतातर्फ
राजकुमार कुँवर (निर्वाचित), माओवादी केन्द्र

प्रदेश ६

अन्य समूह
भैरव सुन्दर श्रेष्ठ (निर्वाचित), एमाले
ठगेन्द्र प्रकाश पुरी (निर्वाचित), एमाले
कालीबहादुर मल्ल (निर्वाचित), माओवादी

महिलातर्फ
कविता बोगटी (निर्वाचित), एमाले
नन्दा शर्मा (निर्वाचित), एमाले
युटुल लामा (निर्वाचित), माओवादी केन्द्र

दलिततर्फ
नरपति लोहार (निर्वाचित), एमाले

अल्पसंख्यक वा अपाङ्गतातर्फ
जीवन बुढा(निर्वाचित), माओवादी केन्द्र

प्रदेश ७

अन्य समूहतर्फ
शेरबहादुर कुँवर (निर्विरोध), एमाले
हरिराज चौधरी (निर्विरोध), माओवादी केन्द्र
बद्री पाण्डे (निर्विरोध), कांग्रेस

महिलातर्फ
इन्दु कडरिया (निर्विरोध), एमाले
कमलाकुमारी वली (निर्विरोध), एमाले
तारादेवी भट्ट (निर्विरोध), कांग्रेस

दलिततर्फ
चक्र स्नेही (निर्वाचित), एमाले

अल्पसंख्यक वा अपांगतातर्फ
महेशकुमार महरा (निर्वाचित), माओवादी केन्द्र

राष्ट्रियसभा निर्वाचनमा ९९.५२ प्रतिशत मतदान : आयोग

छ वटा प्रदेशमा बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचन शान्ति र उत्साहपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ । बिहान १०:०० देखि ३:०० बजेसम्म भएको मतदानमा करिब ९९.५२ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।

कूल ५६ सदस्यीय राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नं २ का आठै सदस्य निर्विरोध निर्वाचित भएकाले त्यहाँ मतदान गर्न परेन ।

छवटै प्रदेशमा रहेका जम्मा एक हजार ६७७ जना मतदातामध्ये एक हजार ६६९ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका र जम्मा आठ जना अनुपस्थित रहेको आयोगले जनाएको छ । प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्य गरी दुई हजार ५६ मतदाता रहेका थिए ।

त्यसैगरी, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा एक हजार ५०६ जना मतदातामा प्रत्येकको मतभार १८ र प्रदेशसभाका सदस्य ५५० जना मतदातामा प्रत्येकको मतभार ४८ हुने प्रावधान छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ