प्रधानमन्त्री देउवाले फागुन ६ गते राजीनामा दिने !

प्रधानमन्त्री देउवाले फागुन ६ गते राजीनामा दिने !

sher-bahadur-deuba

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते राजिनामा दिने भएका छन् । देउवा निकट श्रोतका अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको अन्तिम नतिजा राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको भोलिपल्ट राजीनामा गर्नेगरी निकटहरुसँग छलफल चलाएका हुन् ।

निर्वाचन आयोगले प्रकृया छोट्याएर फागुन ५ गते प्रतिनिधि सभासदस्यको समानुपातिक परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । त्यसअनुसार कुनै प्राविधिक गडबडी नभए देउवाको राजिनामा फागुन ६ गते आउने छ ।

कानुन मन्त्री यज्ञ बहादुर थापाले पनि चुनावी सरकार भएकाले चुनावको नतिजा आएपछि सरकारमा बसिरहन नमिल्ने बताए । ‘यो चुनावी सरकार हो, चुनावको नतिजा आएको भोलिपल्ट नै प्रधानमन्त्रीले राजिनामा दिनुहुन्छ’ मन्त्री यज्ञबहादुर थापाले बताए ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचन सकिएपनि प्रधानमन्त्री देउवाले राजिनामा नदिएको भन्दै आलोचना हुदै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ