पोखरा, माघ २३ । नगरबसको ठक्करबाट नेविसंघ नेताको मृत्यु भएपछि पोखरामा उत्पन्न तनाव झनै बढेको छ । प्रहरीलो समाचार संकलनमा खटिएका पत्रकारलाई समेत कुटेका छन् ।
आदर्श समाजका पत्रकार प्रकाश ढकालको खुट्टामा लाठीले हान्दा चोट लागेको छ । पत्रकार ढकालले आफू पत्रकार भन्दा भन्दै पनि प्रहरीले अन्धाधुन्ध प्रहार गरेको बताएका छन् । प्रहरीको यो हर्कतको पत्रकारहरुले चर्को विरोध गरेका छन् । ढकाल पत्रकार महासंघ कास्की कार्यसमिति सदस्य समेत हुन् ।
‘प्रहरीबाट चर्को दमन छ । विद्यार्थीलाई उत्तेजित बनाएको अवस्था छ । पत्रकार समाचार संकलन गर्न जाँदा त छाडेनन् ।’ – ढकालले भने- ‘पत्रकारको कार्ड देखाउँदा देखाउँदै नली खुट्टैमा हाने । महासंघमा जानकारी गराईसकेको छु ।’

प्रहरीले स्थिती नियन्त्रणमा लिन खोज्दा विद्यार्थी र प्रहरी बीच झडपकै अवस्था समेत सिर्जना भएको छ । पटक पटक झडप भैरहेको छ । विद्यार्थीहरुले ढुंगामुढा गरिरहेका छन् । प्रहरी समेत ढुंगा हानेका छन् । प्रहरीले विद्यार्थी नियन्त्रणमा लिन खोजिरहेको छ भने विद्यार्थीले अवरोध हटाउन मानेका छैनन् । दुई राउण्ड अश्रुग्याँस प्रहार भएको घटनास्थल रहेका पत्रकार अशोक बस्नेतले जानकारी गराएका छन् ।
सत्तारुढ दल नेपाली काँग्रेसकै विद्यार्थी संगठन नेबि संघ आन्दोलित छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रालयकै जिम्मा समेत सम्हालिरहेका छन् ।

विहानै पक्राउ परेका विद्यार्थीको रिहाई माग्दै उनीहरु नाराबाजी सहित पिएन क्याम्पस गेट अगाडी प्रदर्शन गरिरहेका छन् । उनीहरुले घटनाका दोषीमाथी कारबाहीको माग सहित विहानैदेखि आन्दोलन गरेका थिए । आन्दोलनपछि ठूलो संख्यामा प्रहरीहरु भेला भएका छन् । नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति सभापति बोधराज ढकालको सोमबार साँझ नगरबसले ठक्कर दिँदा मृत्यु भएको हो । अहिले नगर बस चलेको छैन । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको नेविसंघ पिएन क्याम्पसले जनाएको छ ।

विद्यार्थीहरुले पोखराका २० भन्दा बढी गाडीमा तोडफोड गरेका छन् भने उति नै संख्यामा गाडीका चावी पनि नियन्त्रणमा लिएका छन् । विद्यार्थीहरु संयमित रहेपनि प्रहरीले हस्तक्षेप गर्नु गलत भएको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए । उनले प्रहरीलाई पनि संयमित भएर प्रश्तुत हुन आग्रह गरेका छन् । घटनाको छानवीन र तत्कालै क्षतिपुर्तिको ब्यवस्थापन नभएसम्म बन्द फिर्ता नहुने विद्यार्थीहरुले बताएका छन् ।

अहिले प्रहरी प्रशासन, पीडित र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा बैठक हुँदैछ । घटनाबारे छानवीन भैरहेको प्रहरीले जनाएको छ ।
Pic. Ashok Basnet
सम्बन्धित खबर
आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्यः प्रदेश प्रमुख भट्ट
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
तनहुँमा महायज्ञबाट ४३ लाख बढी संकलन
स्याङ्जामा आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन
राष्ट्रपति पौडेल पोखरामा
ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम