नेविसंघ नेताको बसले किचेर मृत्युपछि पोखरामा तनाव, झडप नियन्त्रण बाहिर (लाइभ भिडियो)

नेविसंघ नेताको बसले किचेर मृत्युपछि पोखरामा तनाव, झडप नियन्त्रण बाहिर (लाइभ भिडियो)

jhadap 1

पोखरा, माघ २३ । नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति सभापति बोधराज ढकालको दुर्घटनामा परि मृत्यु भएपछि पोखरामा तनाव सुरु भएको छ ।

पिएन क्याम्पस अगाडी प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै बिहान केहीबेर मुठभेड समेत भएको थियो । अहिले फेरि सुरु भएको छ । विद्यार्थीहरुले ढुंगा बसाईरहेका छन् ।

https://www.facebook.com/1130646126/videos/10214090262347167/

नेविसंघले विहानैदेखि पोखराको नगर बस सञ्चालनमा अवरोध गरेपछि अहिले नगर बस चलेको छैन । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको नेविसंघ पिएन क्याम्पसले जनाएको छ । दोषीलाई कडा कारबाहीको माग गर्दै नेविसंघ आवद्ध विद्यार्थीहरुले पोखराका २० भन्दा बढी गाडीमा तोडफोड गरेका छन् भने उति नै संख्यामा गाडीका चावी पनि नियन्त्रणमा लिएका छन् ।

सोमबार साँझ पिएन क्याम्पस गेट अगाडी नगरबसले किचेर ढकालको मृत्यु भएको थियो । विद्यार्थीहरु संयमित रहेपनि प्रहरीले हस्तक्षेप गर्नु गलत भएको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए । उनले प्रहरीलाई पनि संयमित भएर प्रश्तुत हुन आग्रह गरेका छन् ।

घटनाको छानवीन र तत्कालै क्षतिपुर्तिको ब्यवस्थापन नभएसम्म बन्द फिर्ता नहुने विद्यार्थीहरुले बताएका छन् । अहिले प्रहरी प्रशासन, पीडित र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा बैठक हुँदैछ । घटनाबारे छानवीन भैरहेको प्रहरीले जनाएको छ ।

यसरी सुरु भयो झडप

https://www.facebook.com/1130646126/videos/10214089906258265/

११ बजेपछिको मुठभेड

https://www.facebook.com/1130646126/videos/10214090046181763/

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds