गण्डक न्युज पोखरा, २२ माघ / पोखराको बगरमा यहाँको नगरबसले पैदल हिँडिरहेका युवालाई ठक्कर दिएर किच्यो । सोमबार साँझ ७ बजेतिर स्याङजा आँधीखोला गाउँपालिका घर भएका बोधराज ढकाल सडक छेउमै हिँड्दै थिए ।
ग १ ख ३८३६ नम्बरको माइक्रोबसले २४ वर्षीय ढकाललाई एक्कासी पछाडिबाट ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्कर दिएपछि उल्टै बस भाग्यो । फरार नगरबसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रण गरेर आवश्यक अनुसन्धान थालेको कास्की प्रहरीका प्रबक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । गम्भीर घाईते ढकालको गण्डकी मेडिकल कलेजमा उपचार गर्न लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको थियो ।
अस्पताल पुर्याएपछि उनको मृत्यु भयो । उनको शरीर हेर्दा शरीरमै टायरको डाम रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ढकाल पोखराको पृथ्वीनारायण क्याम्पसमा पढ्दै आएका थिए । घटनापछि लापरबाही ढंगले गाडी चलाएर ठक्कर दिने चालकलाई हदैसम्मको कारबाहीको माग गरिएको छ ।

उनी आबद्ध संघसंस्था तथा पदाधिकारीले पनि आपत्ति जनाएका छन् । उनी नेपाल बिद्यार्थी संघ स्याड़ंजा पृथ्बीनारायण क्याम्पस सम्पर्क समितिका सभापति पनि हुन् ।

सम्बन्धित खबर
आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्यः प्रदेश प्रमुख भट्ट
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
तनहुँमा महायज्ञबाट ४३ लाख बढी संकलन
स्याङ्जामा आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन
राष्ट्रपति पौडेल पोखरामा
ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम