पोखराको नगरबसले ठक्कर दिँदा स्याङ्जा आँधीखोलाका ढकालको मृत्यु

पोखराको नगरबसले ठक्कर दिँदा स्याङ्जा आँधीखोलाका ढकालको मृत्यु

Bus-Bhwang-Ma

file photo

पोखरा, २२ माघ  । पोखराको बगरमा नगरबसले पैदलयात्रुलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । स्याङजा आँधीखोला गाउँपालिका घर भई पोखराको बगर बस्दै आएका २४ बर्षिय बोधराज ढकालको मृत्यु भएको हो ।

हिडिरहेको अवस्थामा पछाडीबाट नगरबसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्कर दिएपछि फरार नगरबसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ग १ ख ३८३६ नम्बरको गाडी प्रहरीले नियन्त्रण गरेर आवश्यक अनुसन्धान थालेको कास्की प्रहरीका प्रबक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

.

गम्भीर घाईते ढकालको गण्डकी मेडिकल कलेजमा उपचार गर्न लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको थियो । अस्पताल पुर्याएपछि मृत्यु भएको समाचार छ ।

स्रोतः डिएनएनेपाल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ