प्रदेश नम्बर ४ मा फागुन ३ गते सभामुखको निर्वाचन, यी बन्दैछन् सभामुख

 प्रदेश नम्बर ४ मा फागुन ३ गते सभामुखको निर्वाचन, यी बन्दैछन् सभामुख

pradesh savaa

पोखरा, २२ माघ । प्रदेश नम्बर ४ को प्रदेशसभा सभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ ।  प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम कार्यविधि पारित पनि गरेको छ ।

वाम गठबन्धनबीचको भागबण्डामा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रले पाउनेछन् । माओबादीबाट हरिबहादुर चुमानलाई सभामुख बनाउने चर्चा बढी छ । यसअघि आशा कोइरालाको नाम अगाडी आएपनि केन्द्रीय कमिटिले चुमानलाई सभामुखमा अघि सार्न लागेको बुझिएको छ ।

‘पहिले अवसर पाईसकेका नेताहरुलाई दोहोर्याउने सम्भावना छैन । नयाँ अनुहार खोज्दा हरिजी सभामुखको बलियो दावेदार हुनुहुन्छ, माओबादी श्रोतले भन्यो–अरु विकल्प निस्किन सक्छ । तर अहिलेसम्म वहाँ नै अन्तिम जस्तो हो ।’

आशा खनाल कोइराला महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट हालै राजिनामा दिएकी हुन् । सभामुखमा माओवादीले पुरुष अगाडि सारे एमालेबाट उपसभामुखमा महिला पठाउनुपर्ने हुन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ