पहिलो बैठकमै संघीयताको विरोध, ‘संघीयता अहिले हिराको सिक्रिले बाँधेको भालु जस्तो’

पहिलो बैठकमै संघीयताको विरोध, ‘संघीयता अहिले हिराको सिक्रिले बाँधेको भालु जस्तो’

20180205_112422

पोखरा, २२ माघ । संघीयताको कार्यान्वयनको चरणमा यो खर्चिलो र राज्यले धान्न नसक्ने भन्दै केह असन्तुष्टि पनि नआएका होईनन् । राष्ट्रिय जनमोर्चाले भने पहिल्यैदेखि संघीयताको विरोध गर्दै आएको छ । प्रदेश नं. ४ को पहिलो प्रदेश सभा बैठकमा पनि विरोध भएको छ ।

संघीय संरचना अनुसार निर्वाचित भएर संसद प्रबेश गरेका राष्ट्रिय जनमोर्चाका सांसदले संघीय शासन ब्यवस्थामा आफुहरु असहमत रहेको बताए । बागलुङबाट निर्वाचित जनमोर्चाका सांसद कृष्ण थापाले आफ्नो पार्टीको संघीयता प्रतिको असन्तुष्टी कायमै रहेको धारणा राखे । ‘संघीयताप्रति हाम्रो असहमति छ र यो असहमति यथवात रहन्छ’, बैठकलाई सम्बोधन गर्दै उनले भने–‘संघीयता अहिले हिराको सिक्रिले बाँधेको भालु जस्तो भएको छ । बाँधिराखौं भने महंगो पर्छ, छोडौं भने जनताको बलिदान सकिन्छ ।’

उनले दक्षिण र उत्तरको प्रभावमा नपरी प्रदेश बलियो बनाउन लागि पर्नुपर्ने बताए । थापा नेकपा एमाले र माओवादी केन्द्रसँगको तालमेलबाट चुनाव जित्दै प्रदेश सभामा पुगेका हुन् । जनमोर्चाले गणतन्त्रका पक्षपाती एमाले र माओवादीसँग बागलुङ र प्युठानसहितका जिल्लामा चुनावी तालमेल गरेको थियो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी संघीयता कडा आलोचकमध्ये एक हुन् ।

उसो त नेपाली काँग्रेसकै वरिष्ठ नेताहरुले समेत संघीयता मुलुकले धान्न नसक्ने समाचार सावैजनिक भएको छ । दलहरु अब चाहेर पनि पछाडि फर्कन सक्ने अवस्था भने छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ