पोखरा, २१ माघ / भोलि माघ २३ गते सोमबार बस्ने प्रदेश नम्बर चारको प्रदेशसभाको बैठकको तयारी पूरा भएको छ । बैठकको अघिल्लो दिन सांसदहरुलाई अभ्यास (रिहर्सल) गराइएको छ ।
सोमबार ११ बजेलाई तोकिएको प्रदेश सभा बैठक तयारी गर्न शनिबार बसेको सर्वदलीय बैठकले सवा घन्टाको कार्यसूची तयार गरेको हो । प्रदेश प्रमुखको पत्र पाठ गरेर सुनाएसँगै प्रदेश सभा कार्य सञ्चालन आन्तरिक कार्यविधि पारित गर्ने, सांसदलाई शुभकामना राख्न दिने, अध्यक्ष मण्डल गठन गर्ने लगायत कार्यसूचीमा छन् ।
सरकार गठन भएर नयाँ कार्यविधि बन्न समय लाग्ने भएकाले तत्काल लागु हुने गरी संविधानको धारा १९४ बमोजिम २४ बुँदे कार्यविधि तयार पारिएको छ । सभामुख तथा उपसभामुखको निर्वाचन फारम र सदस्यको व्यक्तिगत विवरण फारम पहिलो बैठकमा पेश भएर पारित गर्ने तयारी छ ।

प्रत्येक दलका १–१ जनाको प्रतिनिधि हुने गरी ५ सदस्यीय अध्यक्ष मण्डल गठन हुनेछ । सभामुखको जिम्मेवारी पाएका ज्येष्ठ सदस्यबाहेक ४ नम्बर प्रदेश सभामा प्रतिनिधित्व गर्ने ५ पार्टीका ८ सांसद बैठकमा सहभागी थिए । तीन ठूला दल एमाले, कांग्रेस माओवादीका २–२ जना, नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाका १–१ जना सांसद बैठकमा सहभागी थिए ।
बैठकमा फागुन ३ गते सभामुख र ६ गते उपसभामुखको निर्वाचन मिति तय गर्ने गरी छलफलसमेत भएको छ । २२ गते नै बस्ने सर्वदलीय बैठकले त्यसको मिति तय गरेर प्रदेश सभा बैठकमा पेश गर्ने तयारी छ ।
पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख उपसभामुखको निर्वाचन हुनु पर्ने संविधानमा व्यवस्था छ । प्रक्रिया मिलाउँदै जाने तर ३ गते सभामुख र ६ गते उपसभामुख निर्वाचनको मिति तोक्न बैठकमा प्रस्ताव गर्ने मोटामोटी सहमति भएको सांसद हरिबहादुर चुमानले बताए ।

यो प्रदेशमा पहिलो दल एमालेले मुख्यमन्त्री र तेस्रो दल माओवादीले सभामुख पाउने भागबन्डा भएको छ । बैठकका लागि तयार पारिएको सभा हलमा सबैभन्दा अगाडि ड्यासमा सभामुख, त्यसैको दायाँ छेउमा सांसद बोल्ने पोडियम, सभामुखको ड्यास अगाडि दायाँपट्टि सत्तापक्ष र बायाँपट्टि प्रतिपक्षका सांसद रहने छन् ।
तर, सरकार गठन नभइसकेकाले दाँयापट्टिको पहिलो रोमा ठूलो पार्टी एमालेका सांसद, बायाँपट्टि दोस्रो ठूलो दल कांग्रेसका सांसद र एमालेका सांसद पछाडि तेस्रो पार्टी कांग्रेसका सांसद रहनेछन् । त्यसभन्दा पछाडि दुईतिर साना पार्टी जनमोर्चा र नयाँ शक्तिका सांसद रहने छन् ।
सांसदभन्दा पडाडि पर्यवेक्षक, पत्रकार लगायतका लागि छुट्टै दर्शकदिर्घा कक्ष बनाइएको छ । बैठकका लागि तयारी पूरा भइसकेको छ । कार्पेट ओछ्याउने, सभामुख तथा सांसदका लागि कुर्सी तथा टेबल तयार पार्ने, माइक, इन्टरनेट, बिजुली लगायत सबै तयारी भइसकेका छन् ।

Pic. Raj Bahadur Gurung
सम्बन्धित खबर
आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्यः प्रदेश प्रमुख भट्ट
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
तनहुँमा महायज्ञबाट ४३ लाख बढी संकलन
स्याङ्जामा आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन
राष्ट्रपति पौडेल पोखरामा
ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम