चितवन, २१ माघ / नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपाध्यक्षमा पृथ्वी राजमार्ग बस संचालक समितिका अध्यक्ष ऐन कुमार साई निर्वाचत भएका छन् । यहि माघ १७ देखि १९ गतेसम्म चितवनमा भएको पाँचौ राष्ट्रिय महाधिवेशनबाट साई उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचत भए । उनले निकटतम प्रतिद्वन्द्वी डोलनाथ गौतमलाई २७९ मत अन्तरले पछि पार्दै विजयी भएका हुन्। कर्माचार्यले ९८७ मत प्राप्त गर्नुभयो भने डोलनाथ खनालले ७०८ मत प्राप्त गरे। कर्माचार्यलाई नेपाली काँग्रेसको समर्थन रहेको थियो भने खनाललाई वाम गठबन्धनको समर्थन रहेको थियो।
यस्तै वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वाँर, हरिशरण केसी र दीपक अधिकारी विजयी भएका छन्। यस्तै उपाध्यक्षमा पुष्पा श्रेष्ठ, सानुकाजी प्रजापति, जितबहादुर भारती, रामप्रसाद सुवेदी, एनकुमार साई, कृष्णप्रसाद सुवेदी र प्रभुप्रसाद कलवार विजयी भए। मालबाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ विजयी भएका छन्।
यस्तै महासचिवमा पुण्यप्रसाद सिटौला, उपमहासचिवमा वसन्त भण्डारी, डेकनाथ गौतम र रवि रिमाल मत प्राप्त गरी विजयी भएका छन्। सचिवमा नन्दलाल श्रेष्ठ, शम्भुप्रसाद रिजाल र शेखरनाथ सिटौला मत प्राप्त गरी विजयी भएका छन्।
कोषाध्यक्षमा किरणकुमार खड्का र सहकोषाध्यक्षमा डम्बरराज पन्त मत प्राप्त गरी विजयी भए।
सम्बन्धित खबर
आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्यः प्रदेश प्रमुख भट्ट
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
तनहुँमा महायज्ञबाट ४३ लाख बढी संकलन
स्याङ्जामा आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन
राष्ट्रपति पौडेल पोखरामा
ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम