लेखनाथ, २१ माघ। १४ औं संस्करणको लेखनाथ महोत्सवको दशौं दिन आईपुग्दा दर्शकको चापसँगै कारोबारमा पनि उल्लेख्य वृद्धि भएको छ।
हालसम्म करिब १४ करोडको आर्थिक कारोबार भएको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले बताए। दशौ दिन शनिबारमात्र करिब ४ करोड बराबरको कारोबार भएको र उक्त दिन ५० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको दाबी छ। दर्शकको उल्लेख्य सहभागिताले बिहानैदेखि साँझसम्म व्यवस्थापनमा आयोजकलाई हम्मेहम्मे परेको थियो।
शनिबारको बिदा परेकाले अभिभावक आफ्ना बालबच्चासहित महोत्सवस्थल प्रवेश गरेका थिए। १४ वर्षअघि सुन्तला महोत्सवबाट शुरु लेखनाथ महोत्सव १४ औं संस्करणसम्म आइपुग्दा महोत्सवमा विभिन्न स्टलमा दर्शक चासो बढेको छ। महोत्सवमा ३ सय ५० स्टल राखिएका छन्।
महोत्सवमा राखिएको रत्यौली प्रतियोगिताले दर्शकको मन जित्ने गरेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले बताए। महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको प्रतिभाको खोजी अभियानअन्तर्गत नृत्य विधाको गण्डकी तारा प्रतियोगितामा गणेश तामाङ, स्मृति गुरुङ, सपना धाई थापा र अमृत सुनार अन्तिम प्रतिष्पर्धामा प्रवेश गरेको निर्णययकमण्डल संयोजक महेश गोदारले जानकारी दिए। गण्डकी ताराको अन्तिम प्रतिस्पर्धा आइतबार हुनेछ। महोत्सव सोमबार सकिनेछ।
सम्बन्धित खबर
आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्यः प्रदेश प्रमुख भट्ट
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
तनहुँमा महायज्ञबाट ४३ लाख बढी संकलन
स्याङ्जामा आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन
राष्ट्रपति पौडेल पोखरामा
ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम