गण्डक न्युज पोखरा, २० माघ / फुटबलको रौनक सकिने बित्तिकै पोखरा रंगशालामा क्रिकेट खेल हेर्न पाईने भएको छ । यही माघ २३ देखि २७ गतेसम्म अन्तर क्लब दि युनाइटेड गोल्डमार्ट पिसीसी क्रिकेट कप २०७४ प्रतियोगिता हुँदैछ । प्रतियोगितामा आठ टीमको सहभागिता रहनेछ ।
पोखरा क्रिकेट क्लब (पिसीसी) ले शनिबार पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिताबारे जानकारी गराएको हो । उक्त प्रतियोगितामा कास्कीसहित बागलुङ र म्याग्दी जिल्लाका विभिन्न आठवटा क्रिकेट क्लबको सहभागिता रहने क्लबका अध्यक्ष निकेश श्रेष्ठले जानकारी दिए ।

टी–२० फम्र्याटमा सञ्चालन हुने नकआउट प्रतियोगितामा धौलागिरी क्रिकेट क्लब बाग्लुङ, बौद्ध क्रिकेट क्लब बेनी, खबरा क्रिकेट क्लब म्याग्दी, राइजिङ क्रिकेट एकेडेमी पोखरा, अरण्यज्योति क्रिकेट क्लब पोखरा, सांग्रिला क्रिकेट क्लब पोखरा, पोखरा क्रिकेट एकेडेमी र पोखरा क्रिकेट क्लब सहभागी हुनेछन् । प्रतियोगिता सम्पन्न गर्न कूल रु तीन लाख २५ हजार खर्च हुने अनुमान गरिएको छ ।
दर्शकका लागि निःशुल्क गरिएको प्रतियोगितामा प्रति टिम पाँच हजार दर्ता शुल्क कायम गरिएको क्लबले जनाएको छ । २३ वर्षदेखि पोखराको क्रिकेट विकासमा उल्लेख्य योगदान पु¥याउँदै आएको सो क्लबले हाल आठदेखि १७ वर्ष उमेरका ३० जना बालकलाई पोखरा क्रिकेट एकेडेमीमा प्रशिक्षण दिँदै आएको प्रशिक्षक रिजन प्रजुले जानकारी दिए ।

विजेता टीमले नगद ४० हजार साथमा नगद, शिल्ड तथा प्रमाणपत्र, उपविजेताले २० हजार सहित नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ दि टुर्नामेन्टलाई ७ हजार ५ सय बराबरको क्रिकेट किट् पाउनेछन् भने बेस्ट बलर, बेस्ट ब्याट्सम्यानलाई जनही पाँच हजार साथमा हरेक दिन म्यान अफ दि म्याचलाई समेत पुरस्कृत गरिने प्रतियोगिता संयोजक समेत रहेका उपाध्यक्ष उत्सव शाक्यले बताए ।
‘दि’ युनाइटेड गोल्डमार्ट प्रालि मुख्य प्रायोजक रहने सो प्रतियोगितामा हस्पिटल पार्टनरमा हिमालय पोलिक्लिनिक तथा जिल्ला क्रिकेट संघ कास्कीको प्राविधिक सहयोग रहेको छ । अनलाइन मिडिया पार्टनरमा गण्डक न्युज डटकम रहेको छ ।

यसैबीच, क्लबले पत्रकार सम्मेलनमै गोलाप्रथामार्फत खेलतालिका सार्वजनिक समेत ग¥यो । समूह एमा पोखरा क्रिकेट क्लब, खबरा क्रिकेट क्लब बेनी, धौलागिरी क्रिकेट क्लब बाग्लुङ र सांग्रिला क्रिकेट क्लब, पोखरा रहेका छन् । समूह बीमा पोखरा क्रिकेट एकेडेमी, अरण्यज्योति क्रिकेट क्लब पोखरा, बुद्ध क्रिकेट क्लब म्याग्दी र राइजिङ क्रिकेट एकेडेमी पोखरा रहेका छन् ।
उद्घाटन खेल मंगलबार आयोजक पीसीसी र खबरा क्रिकेट क्लब बेनीबीच बिहान ८ बजे हुनेछ । सोहि दिन विहान ११ बजेबाट धौलागिरी क्रिकेट क्लब बाग्लुङ र सांग्रिला क्रिकेट क्लब, पोखराबीच दोस्रो खेल हुनेछ ।
भोलिपल्ट पोखरा क्रिकेट एकेडेमी र अरण्यज्योति क्रिकेट क्लब पोखराबीच पहिलो खेल हुँदा दोस्रो खेलमा बुद्ध क्रिकेट क्लब म्याग्दी र राइजिङ क्रिकेट एकेडेमी प्रतिष्पर्धामा उत्रनेछन् ।
सम्बन्धित खबर
तेश्रो बेगनास कप सुरु
तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता जारी
पोखरा– १४ मा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता आजदेखि
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम