खर्चिलो संघीयता ! प्रदेशसभा भवनको भाडामात्रै दैनिक १३ हजार, वर्षमै आधा करोड

खर्चिलो संघीयता ! प्रदेशसभा भवनको भाडामात्रै दैनिक १३ हजार, वर्षमै आधा करोड

Pradesh sava

पोखरा, माघ १८ । प्रदेश ४ का लागि तोकिएको प्रदेशसभा बैठक पोखराको नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रको सभाहलमा बस्दैछ । संघीय संरचनामा मुलुक विभाजित भैसकेपछि ऐतिहासिक पहिलो बैठक यो प्रदेशका लागि २२ गते डाकिएको छ ।

यतिबेला शहरी विकासको अगुवाईमा सभाहल र सचीवालयको मर्मतसम्भार धमाधम चलिरहेको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान मार्फत सञ्चालन हुँदै आएको नगर प्रशिक्षण केन्द्रका दुई भवनहरु प्रदेशसभा र सचीवालयमा प्रयोग हुनेछ । भवन प्रयोग गर्दा भाडा मात्रै दैनिक १३ हजार उठ्छ । नगर प्रशिक्षण केन्द्रले प्रदेशसभामा प्रयोग हुने ३ वटा कोठाको दैनिक ६ हजार तथा सचीवालयमा प्रयोग हुने ५ कोठा र ३ वटा सभाहलको ७ हजार खर्च निकालेको छ । हिसाव गर्दा दुई वटा भवन प्रयोग गरे वापत प्रदेश सरकारले बर्षेनी झण्डै ५० लाख भाडा मात्रै तिर्नुपर्छ ।

‘प्रदेशसभाका लागि प्रयोग गर्न लागिएका भवनको दैनिक भाडामात्रै १३ हजार भन्दा बढी हुन्छ । तर सरकारले प्रयोग गर्ने भएपछि केही सस्तोमा दिन पनि सकिन्छ, नगर प्रशिक्षण केन्द्र पोखराका सूचना अधिकृत बुद्धी घिमिरेले भने–हतारको प्रयोगले केही बोलेका छैनौं । छिट्टै दुई पक्ष बसेर भाडादर कायम हुन्छ ।’ नगर प्रशिक्षण केन्द्रले भाडाबाट उठेको रकमबाट आफ्ना कर्मचारी ब्यवस्थापन गर्दै आएको छ । प्रतिष्ठान नेपाल सरकारकै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मातहतमा रहेर काम गर्ने संस्था हो ।

प्रदेश संरचनापछि पहिलो पटक बस्ने बैठकबारे धेरै सांसद र खटिएका कर्मचारी समेत अनविज्ञ छन् । उनीहरुलाई सहजीकरण गर्नका लागि सरकारले संसदीय मामिलाका ४ जना जानकारलाई पोखरा पठाएको छ । पोखरा आएपछि उनीहरु प्रदेशसभा बैठकको तयारीमा जुटेका छन् । सभाहलको ब्यवस्थापन र आवश्यक कागजी काम निम्ट्याउने काममा लागिरहेको मन्त्रालयबाट खटिएका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

‘अहिले त हामी पनि सुत्ने खाटबाटै काम गरिरहेका छौं । प्रदेशका मुख्य सचिवसँग कम्प्युटर र कुर्ची टेवुल मागिरहेका छौं, उनले भने–त्यसपछि बैठक अघि गर्नुपर्ने तयारी थाल्छौं । सांसदको परिचयपत्र देखि कार्य्विधी छपाईमा पनि बैठक अघि नै सक्नुपर्छ ।’ उनका अनुसार प्रदेशको कार्य्विधी केन्द्रबाटै ड्राफ्ट तयार गरेर ल्याईएको छ । त्यसबारे सर्वदलीय भेलामा छलफल गर्ने र प्रदेशसभाको पहिलो बैठकबाट नै पारित गर्ने योजना छ । यद्यपी सांसदहरु पोखरामा नभएकाले सर्वदलीय बैठक बस्न ढिलो भैरकेको बुढाथोकी बताउँछन् । ‘हामी आएको बारे जेष्ठ सदस्य (अस्थायी सभामुख) लाई जानकारी गराईसकेका छौं । वहाँ १९ गतेमात्रै पोखरा आउने कुरा छ, उनी भन्छन्–वहाँसँगै छलफल गरेर सर्वदलीय बैठक बोलाउने हो । सम्भवतः २० गते सर्वदलीय बैठक बस्न सक्छ ।’

नेताहरुसँग छलफल गरेरै सांसदको बोल्ने समय निर्धारण हुने प्रदेशसभाका लागि खटिएका उपसचिव गोपाल सिग्देलले जानकारी दिए । ‘हामी त सहयोग गर्ने हो । निर्णय गर्ने पावर हामीसँग छैन, उनी भन्छन्–सर्वदलीयले गरेको सुझावका आधारमा सभा सञ्चालन फारामको ढाँचा र परिचयपत्र तयार हुन्छ । उनीहरुसँगै सुझाव मागेर कार्य्विधी पारित गर्छौं ।’ प्रदेशसभा सञ्चालनका लागि सरकारले २७ जना कर्मचारी खटाएपनि हालसम्म हाजिर नभएका उनले बताए ।

‘२७ जनालाई खटाएको सूचना पढेको हो । अहिलेसम्म कोही पनि आईपुग्नु भएको छैन, उनले थपे–हामीलाई सहजीकरणका लागि मात्रै भनेर पठाएको हो । कर्मचारी नआएपछि सबै काम आँफै गर्नुपरेको छ ।’ सरकारले खटाएका ४ कर्मचारी बढीमा १ महिना पोखरा बस्छन् । यहाँ रहँदा संसद सञ्चालनको प्रक्रियाबारे कर्मचारीलाई सिकाउँछन् । पहिलो दिनको सभा सहज रुपमा सम्पन्न गर्नका लागि पूरापूर तयारीमा लागिसकेको प्रदेशका मुख्य सचिव लक्ष्मण अर्यालले बताए ।

डिएनए नेपालका लागि प्रकाश ढकालको न्युज छ ।

प्रदेशसभा सञ्चालन–भवनको भाडामात्रै दैनिक १३ हजार

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds