पोखराका व्यवसायीहरु थापा, गुरुङ, गिरी लगायतलाई पैसा नदिए ज्यान मार्ने धम्की दिने ४ पक्राउ

पोखराका व्यवसायीहरु थापा, गुरुङ, गिरी लगायतलाई पैसा नदिए ज्यान मार्ने धम्की दिने ४ पक्राउ

manoj-pun_1(1)

गण्डक न्युज पोखरा, १७ माघ । मनोज पुनको मान्छे हुँ भन्दै धम्क्याएर करोडौं रकम असुल्न खोज्ने चार जनालाई प्रहरीले पक्रेको छ ।

व्यवसायी समेत रहेका कास्की क्षेत्र नम्बर २ (ख) का सांसद विन्दुकुमार थापा, कालु गुरुङ, बोधराज गिरी र यस क्षेत्रकै प्रतिष्ठित कम्पनीका सञ्चालकलाई पैसा नदिए ज्यान नै मार्ने धम्की दिई रकम माग गर्ने पक्राउ परेका हुन् । पीडितहरु विस्तारै खुल्दै गएको बताईन्छ ।

पुनको नाममा बुटवलकै घटना दोहोरिने धम्की दिने गरेको बुझिएको छ । डेढ महिना अघि मात्रै युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएकोमा त्यसको जिम्मेवारी पुनले लिएको समाचार सार्वजनिक भएको थियो । सांसद थापालाई अल्टिमेटम नै दिएर दुई करोड माग गरिएको तर त्यो भन्दा पनि बढि कालु गुरुङलाई १० करोड माग गरेको गोप्य स्रोतले जानकारी दिएको छ ।

मुख्य योजनाकार स्याङजा टक्सारका नरबहादुर गुरुङ (शंकर) सहित अन्य ३ जनालाई पक्राउ गरिएको हो । श्रोतका अनुसार संलग्नमध्ये ३ जना स्याङजा टक्सारका र १ जना चाहीँ पर्वतका हुन् ।

उनीहरुलाई अपहरण तथा शरिर बन्धक उद्योग मुद्धामा बुधबार नै जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको छ । २ करोड रुपैयाँ माग गर्दै उनीहरुले विभिन्न नम्बरबाट धम्क्याएको सांसद थापाले बताएका छन् । उनले एक महिना अघि नै जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएका थिए ।

पुस १५ देखि नै नम्बर परिवर्तन गरेर दिनमा ५ पटकसम्म निरन्तर धम्की आईरहेको उनले बताए । एकै मान्छे कहिले भारत र कहिले नेपालबाट फोन गर्ने गरेको स्रोतको भनाई छ । घटनबारे थप अनुसन्धान चलिरहेकाले विहिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउने कास्की प्रहरीको तयारी छ ।

को हुन् मनोज

जिल्ला प्रहरी कार्यालयका अनुसार देवदह नगरपालिका–६ का मनोज पुन युवा संघ रूपन्देही क्षेत्र नम्बर १ का पूर्वकोषाध्यक्ष हुन् । युवा संघको आडमा पैसा असुली गरेको आरोपमा उनी पार्टीबाट निष्कासनमा परेका थिए । उनी संगठित अपराध, हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा फरार छन् । अहिले विदेशमै रहेको बुझिन्छ । यो घटनामा उनी संलग्न रहे नरहेको बारे भने खुलिसकेको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds