चन्द्रग्रहण हुनु सामान्य खगोलिय घटना हो । तर, खग्रास चन्द्रग्रहण, सुपरमुन र ब्लु-मुन तीनवटै खगोलिय घटना एकैदिन परेकाले विश्वव्यापी चर्चा छ । यो १ सय ५२ वर्षपछिको दुर्लभ खगोलिय घटना हो ।
चन्द्रग्रहण कहाँबाट कसरी हेर्ने ?
साँझ ५ बजेर ३३ मिनेटमा सुरु भई राति ८ बजेर ५६ मिनेटमा सकिने खग्रास चन्द्रग्रहण अवलोकन गर्न चाहनेहरुले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुल्ला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्नेछन् । वैज्ञानिक मूल्य र मान्यताअनुसार चन्द्रग्रहण हेर्दा कुनै हानी नोक्सानी गर्दैन ।
ग्रहण चन्द्रोदय हुनुभन्दा अगावै सुरु हुने हुनाले अवलोकन गर्न इच्छुक व्यक्तिहरुले उत्तरपूर्वी दिशामा कुनै अवरोध नभएको स्थानमा बसेर हेरेको खण्डमा चन्द्रोदयको समय अर्थात् साँझ ५ बजेर ३६ मिनेटदेखि नै ग्रहण देख्न सक्नेछन् । यसरी सुरु हुने ग्रहणले चन्द्रमालाई ६ बजेर ३६ मिनेटमा पुरै ढाक्नेछ । अवलोकनकर्ताले ६ बजेर ३६ मिनेटदेखि १ घण्टा १६ मिनेटसम्म अर्थात् ७ बजेर ५२ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा देख्न सक्नेछन् । यस अवधिलाई खग्रास भनिन्छ । त्यसपछि ग्रहण क्रमशः कम हुँदै राति ८ बजेर ५६ मिनेटमा सकिन्छ ।
लाइभ भिडियो हेर्नुस्
https://www.facebook.com/inquirerdotnet/videos/10156593630929453/
आजको चन्द्रग्रहण के कारणले फरक छ ?
आज हुने खग्रास चन्द्रग्रहण र अन्य समयमा हुने खग्रास चन्द्रग्रहणमा फरक छैन । तर आज चन्द्रग्रहणको साथै सुपरमुन र ब्लु-मुन पनि परेको हुनाले विश्वव्यापी चर्चाको विषय बनेको मात्र हो । यस्तै खगोलीय घटना १५२ वर्षअघि अर्थात् अघिल्लोपटक सन् १८६६ मार्च ३१ मा भएको थियो ।
सुपरमुनमा पृथ्वी र चन्द्रमा कति दुरीमा हुन्छन् ?
चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा वृत्ताकार बाटोबाट नगरी अन्डाकर बाटोमा गर्दछ । यस्तो बाटोबाट परिक्रमा गर्दा चन्द्रमा कहिले पृथ्वीको नजिक आउँछ त कहिले टाढा जान्छ । त्यसैले औंसी वा पूर्णिमाको बेला यसरी नजिक आएको चन्द्रमालाई सुपरमुन भन्ने गरिन्छ ।
ग्रहणको समयमा आज चन्द्रमा पृथ्वीबाट करिब ३ लाख ५८ हजार किलोमिटरको दुरीमा रहनेछ । पृथ्वी र चन्द्रमाको औसत दुरी भने ३ लाख ८४ हजार किलोमिटर हो ।
ब्लु-मुन के हो ?
ग्रेगोरियन पात्रो अनुसार एउटा महिनामा दुईवटा पूर्णिमा परे दोस्रो पूर्णिमालाई ब्लु-मुन भनिन्छ । नेपाली समयअनुसार गत जनवरी २ तारिखमा पूर्णिमा परेको थियो भने जनवरीको अन्तिम दिन आज पनि पूर्णिमा परेको छ ।
अतः विशेषगरी विद्यार्थी तथा शिक्षकहरुले आजको ग्रहणलाई कक्षा कोठामा ग्रहण सम्बन्धी हुने पढाईको प्रयोगात्मक परीक्षाको रुपमा लिन सक्नेछन् ।
अनलाइनखबर
सम्बन्धित खबर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
क्यान इन्फोटेक पोखरामा MSI RTX 5080 ग्राफिक्स कार्ड सार्वजनिक
अब नागरिक एपबाटै राष्ट्रिय परिचयपत्र हेर्ने सकिने
पुरुषोत्तम कुँवरको नेतृत्वमा क्यान कास्की
सिद्धार्थ राजमार्गका खाल्डाखुल्डी पुरिँदै
आईफोन १६ प्रो र प्रो म्याक्स मोडल सार्वजनिक, मूल्य कति ?
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर