काठमाडौँ, १७ माघ । बुधबारको चन्द्रग्रहण खतरानाक निकै हुन सक्ने भविष्यवाणी गरिएको छ ।
ज्योतिषशास्त्रीहरुका अनुसार, बुधबारको खग्रास चन्द्रग्रहणले देशमा अस्थिरता ल्याउने, विदेशी दबाब बढ्न सक्ने र प्रतिष्ठित व्यक्तिहरुको समेत मृत्यु हुन सक्ने देखाएको छ ।
चर्चित ज्योतिषशास्त्री डा सुनिल सिटौलाले दैनिक नेपाललाई भने, बुधबार साँझ काठमाडौँमा ६ बजेर २६ मिनेटमा ग्रहण सुरु हुनेछ । ग्रहण देखिँदा आकाशमा सिंह लग्न उदाइरहेको हुन्छ । चन्द्रमा पनि सिंह राशी मण्डलमै हुन्छ । सिंह राशी अग्नि तत्व हो । यो स्थिर राशी पनि हो । शास्त्रमा अग्नि तत्वमा पर्ने ग्रहण निकै खतरानाक हुन्छ भनी लेखिएको छ ।
डा. सिटौलाका अनुसार, अग्नि तत्वमा ग्रहण लाग्दा निम्न खतराहरु हुन सक्छन् :
– देशमा झगडा र युद्द हुन सक्छ ।
– प्रतिष्ठित व्यक्तिको मृत्यु हुन सक्छ ।
– अन्तर्राष्ट्रिय दबाब बढ्न सक्छ ।
– पशु र भेडा नष्ट हुन सक्छन् ।
– मास हिस्टेरिया जस्ता रोग बढ्न सक्छ ।
बुधबारको ग्रहणले अफ्रिकाबाहेक सबै देशमा लाग्छ । त्यसैले यसको प्रभाव अफ्रिका बाहेक सबै देशमा पर्न सक्ने देखिएको छ ।
किन राशीलाई कस्तो असर ?
धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ। यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन ।
मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको छ ।
Source: दैनिक नेपाल
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते