सार्वजनिक बिदाको दिन रक्सी पिएर महानगरको मोटरसाईकलले स्कुटर ठोकेपछि…

सार्वजनिक बिदाको दिन रक्सी पिएर महानगरको मोटरसाईकलले स्कुटर ठोकेपछि…

pokhara mahanagar

पोखरा, माघ १६ । पोखराको मालेपाटनमा सार्वजनिक बिदाको दिन पोखरा लेखनाथ महानगरपालिकाको मोटरसाईकल दुर्घटना भएको छ । जिन्सी शाखामा काम गर्ने अस्थायी कर्मचारी हरी बराल बरालले मापसे गरी मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको हो ।

पोखरा लेखनाथ महानगरपालिकाका जिन्सि शाखामा कार्यरत बरालले मंगलबार बेलुका करिब ७ः१५ बजे पोखरा ५ मालेपाटनमा ग ११ प ५२४ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्थानिय बिष्णु थापा घाइते भएका हुन । प्रहरीले पुम्दी भुम्दी २२ का २१ बर्षीय कर्मचारी बराल र मोटरसाईकललाई नियन्त्रणमा लिएको छ ।

२३ बर्षीय घाईते थापालाई मोटरसाईकलले ठक्कर दिदा नाकबाट रगत समेत बगेको स्थानियले जनाए । प्रहरीका अनुसार घाइते दुबैको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

रक्सी पिएर ग १ ब २५६ नम्बरको सरकारी मोटरसाईकल चलाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । बरालले मापसे गरेको पुष्टि भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोटरसाईकल चालकलाई बैदाम प्रहरीले नियन्त्रणमा राखेको छ । सरकारी गाडी लिएर ब्यक्तिगत काममा हिड्ने पोखरामा पहिलेदेखि कै समस्या हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ