जुत्ता पालिस गर्न कांग्रेस नेता सडकमा (फोटो/भिडियो)

जुत्ता पालिस गर्न कांग्रेस नेता सडकमा (फोटो/भिडियो)

Congress neta shoes (1)

काठमाडौं, १६ माघ- नेपाली कांग्रेसका नेताहरु मंगलबार नयाँ बानेश्वरमा जुत्ता पालिस गर्दै गरेका भेटिए। उनीहरु सडक पेटीमा आफ्नो जुत्ता होएइ बटुवाका जुत्ता पालिस गरिरहेका थिए।

यो मंगलबारको यो दृष्यले केहीबेर त सर्वसाधारणहरु झुक्किए पनि। कृष्ण प्रसाद भट्टराई प्रतिष्ठानले आयोजना गरेको ‘राजनीति शुद्धिकरण (जुत्ता पालिस) अभियान’ मा कांग्रेसका नेताहरुले सडकमा बसेर जुत्ता पालिस गरेका हुन्। चन्द्र भण्डारी, धनराज गुरुङ लगायतका नेताहरुले सडकमा बसेर बटुवाका जुत्ता पालिस गरेका थिए ।

राजनीतिक शुद्धिकरण अभियानको लागि सांकेतिकरुपमा जुता पालिस गरिएको उनीहरुले बताएका छन्।  ‘नेपालको राजनीति फोहोर भएको छ । जुत्ता पालिस गरे झै राजनीति पनि शुद्धीकरण गर्नुपर्छ भन्ने हाम्रो अभियान हो’ कांग्रेस नेता धनराज गुरुङले भने ।

भिडियो हेर्नुहोस्: (Nagarik)

https://www.facebook.com/gandaknews/videos/772947762897478/

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ