यति खेर अत्यधिक जाडोको मौसम छ । ठिक यहि बेला हाम्रा हात, खुट्टा, गाला, ओठ बढी फुट्ने गर्छ । तर यो साधारण स्वास्थ्य समस्या हो ।अरु भन्दा ओठ शरीरको सानो भाग भएकोले पनि यो फुट्यो अलि धेरै समस्या पार्छ । ओठ फुटेपछि केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ ।
जाडोमा किन फुट्छ ओठ ?
बरिष्ठ छालारोग विशेषज्ञ डा.अनिल झा भन्छन् , जाडोको समय वा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र फुटाइ सुरु हुन्छ ।
समाधानको उपाय के छ ?
चिसो मौसममा बाहिर ननिस्केमा पनि ओठ फुट्नबाट बचिन्छ, तर यो सम्भव हुँदैन । त्यसैले बाहिर निस्कनुभन्दा अगाडि कुनै तैलीय पदार्थ ओठमा दल्ने र केही छिनपछि सूतीको कपडाले हल्का पुछेर निस्केमा केही रक्षा हुन सक्छ ।
राती सुत्दा विशेष गरी ग्लिसिरिनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्ने प्रकृया कम हुन्छ । राती सुत्ने बेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरिकाले ओठमा दल्नाले फाइदा पुग्छ । शरीरमा पानीको मात्रामा कमी हुँदा ओठ, गाला, हात, खुट्टा फुट्न सक्छ । त्यसैले गर्मी र जाडो दुवै मौसममा पानीको पर्याप्त प्रयोग गर्नुपर्छ ।
ओठ फुट्ने धेरैजसो व्यक्तिहरू बारम्बार जिब्रोले ओठ चाट्छन् । यसो गर्दा केही सन्चो भएजस्तो लाग्छ तर थुक सुकेपछि पहिलेको भन्दा झन् सुख्खा हुन्छ । बारम्बार ओठ चाटिरहँदा ओठको छाला वरिपरि कालो हुनजान्छ । विशेष गरी यो बालबालिकालाई देखापर्ने समस्या भए पनि कहिलेकाहीँ ठूला व्यक्तिहरूमा पनि देखापर्छ ।
सुत्नुभन्दाअघि अनुहार सफा गरेर तैलीय पदार्थहरूको प्रयोग गर्नु ठीक हुन्छ । जस्तो–दूधको तर, तेल, तोरीको तेल वा तिलको तेल, ग्लिसिरिन आदिको प्रयोग गर्नु राम्रो हुन्छ । यो घरमै पाइने औषधी हो ।
सम्बन्धित खबर
पाठेघरको क्यान्सर विरूद्धको १५ दिने एचपीभी खोप अभियानको आज छैठौं दिन
स्याङ्जामा सत प्रतिशत किशोरीलाई एचपिभी खोप लगाइयो
स्याङ्जामा एचपिभी खोप अभियान सुरू, पहिलो दिन ४२ प्रतिशतले लगाए
एचपीभी खोपसम्बन्धी अभिमुखिकरण एवं अन्तरक्रिया गोष्ठी
स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत
स्वास्थ्य बीमा ऐन संशोधनः अब हरेक तहमा सेवाप्रदायक संस्था, बिमित रहेकै ठाउँमा सेवा लिन पाउने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो