काठमाडौं, १४ माघ । नेपाली युवा बलर सन्दिप लामिछानेले आईपीएल टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएका छन् । आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर हुन् । आईपीएल खेल्ने अवसर पाएका सन्दीप अहिले अहिले विश्व क्रिकेट लिग डिभिजन-२ को तयारीका लागि युएइमा प्रशिक्षणमा रहेका छन् ।
आइतबार भएको अक्सनमा दिल्लीले १७ वर्षीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाख भारु (३२ लाख नेरु) मा नै उनलाई किनेको हो । उनलाई खरिद गरेको टीम दिल्ली डेयरडेभिल्सको कप्तानमा भरतका चर्चित क्रिकेटर गौतम गाम्भीर रहेका छन् ।
दिल्लीको टिमका अन्य चर्चित क्रिकेटरमा अस्ट्रेलियाका ग्लेन म्याक्स्वेल, इंग्ल्याण्डका जोनसन रोय र दक्षिण अफ्रिकाका अल्राउण्डर क्रिस मोरिसलगायत रहेका छन् । दिल्लीको प्रशिक्षकमा अस्ट्रेलियाका चर्चित क्रिकेटर तथा पूर्वकप्ता रिकी पोन्टिङ रहेका छन् ।

दिल्ली डेयरडेभिल्सको टिममा परेपनि आईपीएल खेल्न भने सन्दिपले अझै एक खुडि्कलो पार गर्नु पर्ने हुन्छ । मिटमा आवद्ध खेलाडीहरुबाट १८ सदस्य छानिन्छन्, जो मैदानसम्म जानेछन् । खेल्नका लागि त उनी फस्ट इलाभेनमा पर्नु पर्ने हुन्छ ।
लेग ब्रेक स्पिनर सन्दीपलाई दिल्ली किनेसँगै नेपाली खेलाडीको आईपीएल खेल्ने सपना पनि पुरा हुने भएको हो । यसअघि पूर्वकप्तान शक्ति गौचनले राजस्थान रोयल्समा ट्रायल दिएका थिए । तर उनले त्यो बेला आईपीएल खेल्ने सपना पुरा हुन सकेन ।
दिल्लीले भन्यो- नेपालका सन्दीपलाई किन्न पाउनु हाम्रा लागि सुखद
नेपाली युवा बलर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग आइपिएल खेल्नको लागि दिल्ली डेयर डेभिल्सले किनेपछि देशविदेशमा चर्चा बढेकाे छ ।
बैङलोरमा जारी अक्सनको दोस्रो दिन उनलाई दिल्लीले किनेपछि अब उनले भारतका चर्चित खेलाडी गौतम गम्भीरको कप्तानीमा खेल्नेछन् । १७ वर्षीय सन्दीपलाई दिल्ली डेयर डेभिल्सले आफ्नो आधिकारिक ट्विट ह्यान्डलमा ट्वीट गर्दै भनेको छ, ‘पहिलो खेलाडीका रुपमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेलाई टिममा स्वागत गर्न पाउँदा हामी खुशी भएका छौँ ।’

सन्दीपले हङकङमा अस्ट्रेलियाका पुर्वकप्तान माइकल क्लार्कसँग एउटै टिमबाट खेल्ने अवसर पाएका थिए । सन्दीपको खेलबाट प्रभावित भएर क्लार्कले उनलाई अस्ट्रेलियास्थित आफ्नो एकेडेमीमा प्रशिक्षण पनि दिए । सेप्टेम्बर २०१६ मा उनलाई क्लार्कले सिड्नीस्थित वेस्टर्न सबअर्व डिस्ट्रिक्ट क्रिकेट क्लबमा खेल्ने अवसर मिलाइदिएका थिए ।
आईपीएलको अक्सन सुचीमा सन्दीप पनि अटाएपछि क्लार्कले ट्विट गर्दै प्रतिभावान र राम्रो युवा खेलाडी भएकाले सन्दीपलाई खरिद गर्न आईपीएलका फ्रेन्चाइजिज टिमहरुलाई आग्रह गरेका थिए । आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेपछि सामाजिक सञ्जालमा सन्दीपलाई बधाइ दिनेको ओइरो लागेको छ ।
नेपाली क्रिकेटको गर्वको क्षण हो: पारस
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाली खेलाडी सन्दिप लामिछाने आईपीएल टिम दिल्ली डेर डेभिल्समा आवद्ध भएकोमा खुशी व्यक्त गरेका छन् ।
आइतबार अपरान्ह ट्विटरमार्फत उनले सन्दिपलाई बधाई दिँदै नेपाली क्रिकेट खेलाडीका लागि गर्वको क्षण भएको उल्लेख गरेका छन् ।
‘सबै नेपाली, नेपाली क्रिकेट खेलाडीहरु, नेपाली क्रिकेटका क्रेजी फ्यान सबैलाई बधाई छ, आजको दिन नेपाली क्रिकेटका लागि गर्वको क्षण हो, स्याबास सन्दिप ।’ उनले भनेका छन् ।
दिल्ली डेयरडेभिल्सका चर्चित खेलाडीहरू
गौतम गम्भीर, (ब्याट्सम्यान) भारत (कप्तान)
ग्लेन म्याक्स्वेल, (अलराउण्डर), अस्ट्रेलिया
जोनसन रोय, (ब्याट्सम्यान), इंग्ल्याण्ड
क्रिस मोरिस, (बलर अलराउण्डर), दक्षिण अफ्रिका
ट्रेन्ट बोल्ट, बलर न्युजल्याण्ड
डेनियल क्रिस्टियन, (बलर अलराउण्डर), अस्ट्रेलिया
कागिसो रबाडा, (बलर), दक्षिण अफ्रिका
मोहम्मद सामी (बलर), भारत
कोलिन मोन्ट्रो, (ब्याट्सम्यान), न्युजल्याण्ड
नमन ओझा, ब्याट्सम्यान विकेटकिपर, भारत

आईपीएल खेल्ने पहिलो नेपाली: यस्तो छ सन्दीपको खेल यात्रा
युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका छन् । १७ वर्षीय सन्दीपले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भएको नामिबियाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । सिनियर टोलीमा रहँदै नौ खेल खेलेका सन्दीपले जम्मा १२ विकेट लिएका छन ।
दुइ वर्ष अघि बंगलादेशमा सम्पन् यु-१९ विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपलाई अस्ट्रेलियाका चर्चित स्पिनर सेर्न वानसँग तुलना गरिएको थियो । उनले आयरल्यान्डविरुद्ध ह्याट्रिकसहित पाँच विकेट लिएका थिए । प्रतियोगितामा उनी कुल १४ विकेट लिँदै सर्वाधिक विकेट झार्ने खेलाडीको सुचीमा दोस्रो स्थानमा थिए ।
सन्दीपले हङकङमा अस्ट्रेलियाका पुर्वकप्तान माइकल क्लार्कसँग एउटै टिमबाट खेल्ने अवसर पाएका थिए । सन्दीपको खेलबाट प्रभावित भएर क्लार्कले उनलाई अस्ट्रेलियास्थित आफ्नो एकेडेमीमा प्रशिक्षण पनि दिए । सेप्टेम्बर २०१६ मा उनलाई क्लार्कले सिड्नीस्थित वेस्टर्न सबअर्व डिस्ट्रिक्ट क्रिकेट क्लबमा खेल्ने अवसर मिलाइदिएका थिए ।
आईपीएलको अक्सन सुचीमा सन्दीप पनि अटाएपछि क्लार्कले ट्विट गर्दै प्रतिभावान र राम्रो युवा खेलाडी भएकाले सन्दीपलाई खरिद गर्न आईपीएलका फ्रेन्चाइजिज टिमहरुलाई आग्रह गरेका थिए ।
सम्बन्धित खबर
प्रथम पिंक सिटी महोत्सव कप: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने
तेश्रो बेगनास कप सुरु
तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता जारी
पोखरा– १४ मा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता आजदेखि
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम