इटहरी, १३ माघ / लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै झन्डै डेढ वर्षपछि घरेलु फुटबलमा पुनरागमन गरेको रुस्लान थ्री स्टार क्लबले मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
बुद्ध चेम्जोङले ३७ औं मिनेटमा गरेका गोलको अग्रतालाई जोगाउँदै थ्री स्टारले मोफसलको सर्वाधिक पुरस्कार राशीको इटहरी गोल्ड कप जितेको हो । एन्फाको कमजोरीका कारण झन्डै डेढ वर्षपछि फुटबलमा फर्केको थ्री स्टारले दोस्रो सहभागितामा उपाधि जित्न सफल भएको हो ।
यसै महिना धनगढीमा भएको नेपाल आइस सुदूरपश्चिमाञ्चल गोल्ड कपमा टोली क्वार्टरफाइनलबाट बाहिरिएको थियो । मनाङको हकमा भने यो वर्षको पाँचौं फाइनल थियो । टोलीले २ उपाधि जित्दा तीनमा उपविजेतामा चित्त बुझाउनुपर्यो ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी थ्रीस्टारका अनन्त तामाङ घोषित भए । उनले २५ हजार नगदसहित ४३ इन्चको टिभी समेत हात पारे । त्यस्तै उत्कृष्ट गोलरक्षक पनि थ्रीस्टारकै एलन न्यौपाने घोषित भए भने उत्कृष्ट डिफेन्डर मनाङका बिराज महर्जन घोषित भए ।
सर्वोत्कृष्ट खेलाडी थ्रीस्टारका अनन्त तामाङ
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी थ्रीस्टारका अनन्त तामाङ भए । उनले २५ हजार नगदसहित ४३ इन्चको टिभी समेत हात पारे । त्यस्तै उत्कृष्ट गोलरक्षक पनि थ्रीस्टारकै एलन न्यौपाने घोषित भए भने उत्कृष्ट डिफेन्डर मनाङका बिराज महर्जन घोषित भए ।

त्यसैगरी उत्कृष्ट मिडफिल्डर मनाङका हेमन गुरुङ घोषित भए भने उत्कृष्ट फरवार्ड थ्रीस्टारका अजयी मार्टिन्स घोषित भए । प्रतियोगिताको उदयीमान खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका बिजय राई घोषित भए भने सर्वाधिक गोलकर्ताको पुरस्कार समान ३–३ गोल गरेका अजयी मार्टिन्स, सुजल श्रेष्ठ र कर्ण लिम्बुले संयुक्त रुपमा हात पारे । उत्कृष्ट प्रशिक्षक भने थ्रीस्टारका मेघराज केसी घोषित भए । उत्कृष्ट व्यक्तिगत बिधातर्फका सबैले २०–२० हजार हात पारे ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा सम्पन्न प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल ८ टोलीहरुको सहभागिता रहेको थियो ।
Pic. GoalNepal.com
सम्बन्धित खबर
प्रथम पिंक सिटी महोत्सव कप: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने
तेश्रो बेगनास कप सुरु
तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता जारी
पोखरा– १४ मा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता आजदेखि
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम