गण्डक न्युज पोखरा, १३ माघ / पोखरा लेखनाथ महानगरपालिका तालचोक नजिकै आदर्श चोकमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा दुई जना गम्भिर घाईते भएका छन् । राति ८ः४१ बजे भएको सो दुर्घटनामा परी मोटरसाईकल चालक गम्भिर घाईते छन् ।
तालचोकमा जारी लेखनाथ महोत्सवमा कन्सर्ट हेरेर पृथ्वीराजमार्ग अन्तर्गत गगनगौंडातर्फ गईरहेको ग १२ प १२६० नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आईरहेको ग १२ प ३३९५ नं. को स्कुटर जुधेको हो ।

प्रत्यक्षदर्शीका अनुसार मोटरसाईकल तीब्र गतिमा गुडेको थियो र उसले स्कुटरलाई ठक्कर दिएको हो । यो समाचार तयारा पार्दासम्म ठक्कर दिने बाइक चालकको अवस्था चिन्ताजनक रहेको छ । स्कुटर चालक समेत युवक नै हुन् । उनीहरु दुवैको नाम वतन खुलिसकेको छैन ।
घाईते दुवैलाई मनिपाल अस्पताल लगिएको छ । दुर्घटना पश्चात् डाँडाकोनाक चौकीबाट प्रहरी टोली पुगेर घाइतेहरुलाइ भ्यानमै राखी अस्पताल लगेको हो । लेखनाथ महोत्सवमा डि मोर्चाको कन्सर्ट हेरेर बाइक चालक फर्किएको बुझिएको छ । बाइक चालकले अनियन्त्रित तबरमा बाइक चलाएको प्रत्यक्षदर्शीले बताए ।

.

.

.

तस्विरः मनिष पहारी (हाम्रो पोखरा)
सम्बन्धित खबर
अज्ञात रोगले बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित
पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल बनाउँछौं : मेयर आचार्य
सातौं संस्करणको स्याङ्जा महोत्सव सम्पन्न
आगलागीबाट एक घरमा क्षति
वालिङ्बाट जुवातास खेल्ने सातजना पक्राउ
पहिलो पाइला पोखराको स्याङ्जामा शिक्षा अभियान
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम