गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सबै भन्छन् संसारकै राम्रो देश, गावैं गाउँले बनेको हाम्रो देश जब गाउँलाई विकासले ढाक्दैन, तब सिंगो देश उभों लाग्दैन बाझैं रह्यो खेत र बारी, चाहिन्छ अब गाउँगाउँमा रोजगारी शुन्य भयो गाउँ र घर, गर्नै छाडे खेती युवा वर्ग विदेश पस्ने, धनी वर्ग शहर पस्ने यो चालले देश विकासमा पुग्छ ठूलो क्षति
यति गहन अर्थ बोकेको शब्द मिश्रित ‘शुन्य भो गाउँ घर’ बोलको गीत शुक्रबार मात्र सार्वजनिक भएको छ । अग्रज गायिका एवं सञ्चारकर्मी कोमल ओलीसँगै लोकप्रिय गायक पशुपति शर्मा र युवा गायक राजकुमार बानियाँको स्वरमा रहेको सन्देशमुलक गीतको भिडियो पनि गीत जस्तै उत्कृष्ट बनेको छ ।
नवनिर्वाचित सांसद समेत रहेकी कोमल ओलीलाई यस्तो सकारात्मक सन्देश बोकेको गीतले उनको राजनीतिक जीवनमा ठूलो अर्थ राख्ने देखिन्छ । बेरोजगार भएपछि ठूलो संख्यामा युवाहरु विदेशिएको तीतो यथार्थलाई टपक्कै टिपेर गीत उनिएको छ । अहिले ४० लाख बढी युवा देश छाडेर बिदेशमा छन् । दिनहुँ १५ सय देखि २० हजारसम्मले देश छाड्छन् । गाउँघरमा खेत बाझो छ । यो यथार्थलाई गीतमा समेटिएको छ ।
सुन्देउ सरकार गाउँघरमा जात्रै छ, महिला बृद्धा अपांग मात्रै छ हलोजुवा दाउरा र घाँस बोक्ने, मान्छे मर्दा कोहि हुन्न लास बोक्ने
गीतको भिडियो समेत उत्तिकै सन्देशमुलक छ भने गाउँघरको यथार्थलाई देखाउन सफल बनेको छ । मलाई अमेरिका यही, मलाई जापान पनि यही जस्ता चर्चित गीतका गायक पशुपति शर्माले विदेशिने सम्बन्धी उही भावको यो गीतमा आफै भिडियोमा देखिएका छन् । शिक्षकको भूमिकामा पशुपति फिट छन् ।
स्वयंसेविकाको भूमिकामा कोमल ओली छन् भने राजकुमार बेरोजगार युवाका रुपमा देखिएका छन् । दुर्गा पौडेलले निर्देशन गरेको भिडियोमा शिवराम, रामकृष्ण, प्रकाश थापा, राजन बानियाँ, सुदिप थापा लगायत देख्न सकिन्छ ।
युवा गायक राजकुमार किशोरावस्थादेखि नै नेपाली लोकसंगीत क्षेत्रमा अनवरत लागिपरेका छन् । नेपाली लोकदोहोरी क्षेत्रमा पाको, अग्रज भनिनेहरु नै छाडा र अश्लिलतालाई बढावा दिईरहँदा भर्खरका युवा राजकुमार भने यसतर्फ कत्ति पनि आकर्षित छैनन् ।
‘एक दिन त कसो हामी जस्ताको दिन नआउला ?’ राजकुमार भन्छन्ः ‘युवा रोजाई अनुसार समय सन्दर्भका भाका तर परम्परागत संस्कृति नबिर्सिकन म यो क्षेत्रमा रहन्छु । नराम्रो काम गरेर चर्चित बन्नुभन्दा राम्रै गरेर विस्तारै सफलताउन्मुख हुनु राम्रो नि ।’
यो सन्देशमुलक गीत राजकुमार आफैले लेखेका हुन् भने भाका पनि उनकै हो । जलेश्वरी म्युजिकको प्रस्तुति रहेको गीतको भिडियो पोस्ट प्रडक्सन एकता फिल्मले गरेको हो । देवराज गुरुङले क्यामेरामा दृश्य कैद गर्दा भिडियोको सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
गीतकार डा. शिव सुवेदी भन्दै आए ‘फेरियौ मायालु’ [भिडियो]
नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक [भिडियो]
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक [भिडियो]
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]
मिलन लामा र प्रकाश सपुतको सचेतनामूलक गीत ‘मजदुर’ [भिडियो]
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी