रञ्जन अधिकारी पोखरा, १२ माघ / पोखराको सभागृहचोक स्थित एक सुनचाँदी दुकानमा शुक्रबार राति आगलागी भएको छ । ओम लक्ष्मी सुन चाँदी दुकानमा राति विद्युत सर्ट भएर आगलागी हुँदा फर्निचरमा क्षति पुगेको छ । सुनका गरगहना भित्र राखिएकाले क्षति हुन पाएन ।
सञ्चालक हर्क बहादुर सुनारका अनुसार पानी तताएपछि स्वीच अफ गर्न बिर्सदाँ राति आगलागी भएको हो । राति आठ बजेतिर सटर बाहिर धुवाँ देखिएपछि स्थानीयले सञ्चालकलाई फोन गरेर जानकारी गराएका थिए । त्यसपछि वडा प्रहरी कार्यालय, बैदामको टोली आएर सटर फोडेर आगो नियन्त्रणमा लिएको थियो । हर्कका बाबु तर्कबहादुरले पसल बन्द गर्नुअघि स्वीच अफ गर्न बिर्सेका थिए ।

‘छोरीको रिजल्ट भएकाले म छोरी लिएर घर गएकाले पसलमा थिईनँ । बुबाले चिसोमा तातो पानी तताउनुभएपछि स्वीच अफ नगरी सटर लगाउनुभएछ । पछि त्यहीँबाट आगो सल्कियो ।’ हर्कले भने– ‘ठूलो क्षति हुनबाट बच्यो । समयमै धुवाँ निस्केको थाहा पाएर फोन गरिदिनुभयो ।’

सराङकोट घर भइ पस्र्याङ बस्दै आएका सुनार परिवारले पोखरामा ४० वर्षदेखि सुनचाँदी व्यवसाय गर्दै आएका छन् । आगलागीबाट सुनचाँदी गहनामा क्षति नपुगेपनि फर्निचरका सामान, गहना राख्ने बाकसहरु नस्ट भएको छ ।

सम्बन्धित खबर
यस वर्षको जाउँ है पोखरा अभियान आरम्भ
बागलुङ नगरपालिकाले वितरण गर्यो किसानलाई अनुदानमा मौरीसहितका घार
अज्ञात रोगले बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित
पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल बनाउँछौं : मेयर आचार्य
सातौं संस्करणको स्याङ्जा महोत्सव सम्पन्न
आगलागीबाट एक घरमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
बरिष्ठ बालरोग विशेषज्ञ डा. बास्तोला ‘प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन’ पदमा बढुवा