दुलेगौँडा, १० माघ । तनहुँको शुक्लागण्डकी वडा नं-३, वनकेवास्थित धारापानीमा मंगलबार भएको बस दुर्घटनामा घाइते एक जनाको ज्यान गएको छ ।
शुक्लागण्डकी-६ ब्यागन निवासी ३५ बर्षिय डोल माया थापा मधुको उपचारको क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा बुधबार मृत्यु भएको हो । अन्य घाइतेहरु चालक सुक बहादुर नेपाली (बुद्धि) , शुक्लागण्डकी-४ निवासी बर्ष ३४ की केशी माया गुरुङ र म्याग्दे गाँउपालिका-५ छाङ्पाटन निवासी बर्ष ४० का देव बहादुर थापा (गद्दु )को पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको छ ।
सामान्य घाइते म्याग्दे-५ का शिशिर राना बुधबार विहान उपचारपछि घर फर्किएका छन् । अन्य घाइतेहरु भने मंगलबार नै सामान्य उपचारपछि घर फर्किएका छन् ।

दुलेगौँडा-हर्कपुर मोटर मार्ग अन्र्तगत शुक्लागण्डकी-६ ब्यागनबाट दुलेगौँडा आउँदै गरेको ग १ ख ६८५३ नं को मिनिबस दुर्घट्नामा परेको थियो । दुर्घट्ना परी चालक सहित ६ जना घाइते भएका थिए । स ब्रेकफेल भएर दुर्घट्ना भएकोे प्रहरीले बताएको छ । बस सडकबाट २५ फिट तल खसेको थियो ।
बस खसेपछि सडक छेउमा भएका चिलाउनेका रुखहरुले अड्याएकाले ठुलो दुर्घटनाबाट जोगिएको स्थानिययको भनाई छ ।। साँघुरो कच्ची मोटर बाटोमा क्षमता भन्दा बढी यात्रु बोक्ने गर्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
(तनहुँका पत्रकार राजकुमार आलेको सहयोगमा)
सम्बन्धित खबर
यस वर्षको जाउँ है पोखरा अभियान आरम्भ
बागलुङ नगरपालिकाले वितरण गर्यो किसानलाई अनुदानमा मौरीसहितका घार
अज्ञात रोगले बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित
पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल बनाउँछौं : मेयर आचार्य
सातौं संस्करणको स्याङ्जा महोत्सव सम्पन्न
आगलागीबाट एक घरमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
बरिष्ठ बालरोग विशेषज्ञ डा. बास्तोला ‘प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन’ पदमा बढुवा