गण्डक न्युज पोखरा, १० माघ / तनहुँ जिल्लाको व्यास नगरपालिका १२ घासीकुवाँमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका ६ बस्ने २० वर्षीय विवेक अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ ।
पृथ्वीराजमार्गमा पोखराबाट जाँदै गरेको ग १० प ३९०१ नम्वरको मोटरसाईकल सोहि दिशा तर्फ गईरहेको ग १ ख ४५८० नम्वरको ट्रकमा ठक्कर खाँदा मोटरसाईकल चालक अधिकारीको मृत्यु भएको हो । ट्रकलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट एक्कासी ट्रक आएको र सो ट्रकबाट बच्न खोज्दा आफैले ओभरटेक गरेको ट्रकको पांग्रामुनी परेको बाईक पछाडि सवार उनका साथीले बताएका छन् ।
कम्मर मुनीको भाग किचिएर घाइते भई उपचारको लागि पोखराको फेवासिटी अस्पतालमा ल्याइएकोमा गाडीबाट नझार्दै उनलाई रेफर गरिएको छिमेकीले बताएका छन् । गण्डकी मेडिकल कलेज लगिएकोमा उनलाई त्यहीं मृत घोषणा गरिएको हो ।
विवेक लेकसाईड स्थित मिडल इस्ट होटलका सञ्चालक निरज अधिकारीका छोरा हुन् । उनी परिवारका एकमात्र छोरा हुन् । विवेक आफ्नै ड्युक बाईक भएपनि बुबाको २२० पल्सर लिएर साथीसँग पोखराबाट हिँडेका थिए । परिवारलाई नभनी पासपोर्ट बनाउने भन्दै हिँडेका उनीहरु दुर्घटना पश्चात् मात्र परिवारले थाहा पाएको जानकारले गण्डक न्युजलाई बताएको छ ।
सम्बन्धित खबर
यस वर्षको जाउँ है पोखरा अभियान आरम्भ
बागलुङ नगरपालिकाले वितरण गर्यो किसानलाई अनुदानमा मौरीसहितका घार
अज्ञात रोगले बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित
पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल बनाउँछौं : मेयर आचार्य
सातौं संस्करणको स्याङ्जा महोत्सव सम्पन्न
आगलागीबाट एक घरमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
बरिष्ठ बालरोग विशेषज्ञ डा. बास्तोला ‘प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन’ पदमा बढुवा