काठमाडौं- सातवटै प्रदेशका प्रमुखहरुले पदभार सम्हालेसँगै प्रदेशसभा सदस्यहरुले पनि शपथ ग्रहण गरेका छन् । यससँगै अब प्रदेश सरकार गठनका लागि बाटो खुलेको छ ।
‘नेपालको संविधान- २०७२’ को धारा १६८ ले प्रदेश प्रमुखलाई बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने अधिकार दिएको छ।
हेर्नुहोस्, संविधानको धारा १६८ को उपधारा १-

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्नेछन् । जुन कुरा संविधानको धारा १६८ को उपधारा २ मा उल्लेख छ ।

प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त हुन नसकेमा प्रदेश प्रमुखले सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन् ।
यसरी नियुक्त हुने मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था धारा १६८ कै उपधारा ४ मा उल्लेख छ ।
निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम गत बुधबार सार्वजनिक गरेको थियो । त्यसको ३० दिन अर्थात् अबको २६ दिनभित्र मुख्यमन्त्री नियुक्त भइसक्नेछन् । त्यसपछि मुख्यमन्त्रीले कुल सदस्यको २० प्रतिशतभन्दा नबढ्ने गरी मन्त्रिपरिषद् गठन गर्नसक्ने व्यवस्था संविधानमा छ ।

12-Jan-2018apm03.indd
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने