एमाले–माओवादी एकताका लागि अझै गृहकार्य पुगेन, वामदेव नेतृत्वमा विकास समिति गठन

एमाले–माओवादी एकताका लागि अझै गृहकार्य पुगेन, वामदेव नेतृत्वमा विकास समिति गठन

Oli Prachanda

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता प्रक्रियाका लागि बनाउने भनिएको वैचारिक र सांगठनिक समितिका लागि अझै गृहकार्य पुगेन।

दुवै दलका नेता सहभागी रहेको एकता संयोजन समितिको एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले विकास तथा योजनाका लागि भन्दै दुवै दलका नेता सहभागी रहेको विकास तथा योजना समिति बनाएको छ ।

एमालेका नेता वामदेव गौतमको नेतृत्वमा उक्त समिति बनाइएको हो । गौतमको नेतृत्वमा रहेको समितिमा वर्षमान पुन, भिम रावल, ईश्वर पोखरेल, युवराज खतिवडा, मिनबहादुर श्रेष्ठ र विजय पौडेल रहेका छन् ।

एमाओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार अन्य समितिका लागि अझै केही गृहकार्य आवश्यकता देखिएको छ । आइतबार बस्ने बैठकले वैचारिक र पद बाँडफाँडका लागि समिति बनाउने तयारी गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ