दीपक मनाङ्गेलाई प्रहरीले च्याप्पै समात्ने भएपछि सपथ छुट्ने भयो

दीपक मनाङ्गेलाई प्रहरीले च्याप्पै समात्ने भएपछि सपथ छुट्ने भयो

Deepak-Manange

पोखरा, माघ ७ । सर्वोच्चको फैसलापछि धेरैले दीपक मनाङ्गेको सपथबारे चासो राखेका छन् । आईतबार ४ नम्बर प्रदेशका सांसदले पोखराको नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रको हलमा सपथ ग्रहण गर्नेछन् ।

तर प्रदेश सांसदले सपथ लिनेबेला मनाङबाट निर्वाचित सांसद दिपक मनाङ्गे भने सहभागी हुने छैनन् । सर्वोच्च अदालतले पहिले नै सुनाएको ५ बर्ष कैद कार्यान्वयनको आदेशका कारण उनी सपथमा सहभागी नहुने लगभग निश्चित छ ।

यद्यपी अदालती काजगात निर्वाचन आयोगमा नपुगेका कारण सपथका लागि खवर गरिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । तर उनी सपथका लागि आएपनि प्रहरीलाई दिपक मनाङ्गे पक्राउ गर्ने आदेश भएका कारण सपथ अघि नै प्रहरीले पक्राउ गर्ने बुझिएको छ ।

‘सपथका लागि सांसदकै हैसियतले वहाँलाई खवर पुगेको छ, श्रोतले भन्यो–प्रहरी पक्राउ पुर्जी लिएर बसेका कारण सपथ अघि नै पक्राउ गर्ने सम्भावना छ ।’ सपथपछि तत्काल उनलाई पक्रिन कानुनले पनि अवरोध मान्छ । त्यसैले झण्झट नहुँदै पक्राउ गर्ने प्रहरीको तयारीका कारण मनाङ्गे पोखरा पनि आउने सम्भावना नरहेको श्रोतको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ