गण्डक न्युज पोखरा, ७ माघ / पोखरेली शिक्षक विश्वभरका शिक्षक सहभागी पियर्सन इएलटी टिचर अवार्ड २०१८ मा प्रतिस्पर्धाका लागि छनोट भएका छन् । पोखराको नदिपुरका ३७ वर्षिय वमानप्रसाद घिमीरे बेलायतमा प्रत्येक बर्ष प्रदान गरिने यस अवार्डकालागि पहिलो पटक नेपाली शिक्षक छानिएका हुन् ।
विद्यार्थीको उपलब्धि कसरी मुल्याङ्कन गर्नु हुन्छ र शिक्षक हुनुको सबै भन्दा राम्रो पक्ष कुन हो भन्ने प्रश्नको बारेमा उनले दिएको भिडीयो उत्तरको आधारमा घिमीरे प्रतिस्पर्धामा छानिएका हुन् । पोखराको मासवार स्थित मदरल्यान्ड माविका शिक्षक घिमीरे अंग्रेजी विषयका शिक्षक हुन् ।
यस अघि उनले सन् २०१४ मा अमेरिकी सरकारबाट ‘टिचर एक्सीलेन्सी’ अवार्ड सोही बर्ष २०१४ मै अष्ट्रेलिया सरकारले पनि उनलाई ‘उत्कृष्ट शिक्षक’ अवार्ड प्रदान गरिसकेको छ । सन् २०१६ मा अमेरिकावाट ‘फेड्रियल असिस्टेन’ अवार्ड पनि उनले पाइसकेका छन् । सन् २०१२ मा कास्की जिल्लाका उत्कृष्ट अंग्रेजी शिक्षकको अवार्ड पाएका घिमीरेले अमेरिका र अष्ट्रेलिया पुगेर त्यहाँका बिद्यार्थीलाई पढाइसकेका छन् ।
विश्वभरका एक सय भन्दा बढी शिक्षक प्रतस्पिर्धामा रहेको यस अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उनले पाउने भोटको आधारमा घिमिरेको जितहार हुने छ । माघ १० गते सम्म उनलाई भोट दिन सकिने छ । प्रतिस्पर्धामा सहभागी शिक्षकलाई भोट गर्न कुनै शुल्क नलाग्ने गरि आयोजकले व्यवस्था मिलाएको छ ।
उनलाई विजयी गराउन यस लिंकमा http://www.woobox.com/jx8ext/gallery/GW2BRzLx7_o क्लिक गर्नुहोला । उनी अहिले सम्मको भोटका आधारमा दोस्रो स्थानमा रहेका छन् । बेलायतको अंग्रेजी भाषा सिकाउने प्रख्यात संस्था पियर्सनले यो कार्यक्रमको संञ्चालन गरेको हो ।
सम्बन्धित खबर
गण्डकीका मुख्यमन्त्री पाण्डे उपचारका लागि भारत पुगे, पद्मा जिसी कार्यवाहक मुख्यमन्त्री
यस वर्षको जाउँ है पोखरा अभियान आरम्भ
बागलुङ नगरपालिकाले वितरण गर्यो किसानलाई अनुदानमा मौरीसहितका घार
अज्ञात रोगले बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित
पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल बनाउँछौं : मेयर आचार्य
सातौं संस्करणको स्याङ्जा महोत्सव सम्पन्न
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
बरिष्ठ बालरोग विशेषज्ञ डा. बास्तोला ‘प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन’ पदमा बढुवा