हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन २ को मुख्य प्रायोजकको रुपमा नेपालकै उत्कृष्ट एजुकेशन कन्सलटेन्सी हिमाअजले आयोजक संस्था एपी ईन्टरटेन्मेन्टसंग सहकार्य गरेको छ ।

बिहिबार एपी ईन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डे र हिमाअज एजुकेशनल कन्सलटेन्सीका प्रबन्ध निर्देशक राजमान थकालीबीच हस्पीटालिटी नेपाल कन्टेस्ट सिजन २ प्रतियोगिताको लागि सम्झौता भएको हो ।
यस कम्पनीले हस्पीटालिटी नेपाल कन्टेस्ट संग व्यवसायिक रुपमा सहकार्य गरेको पहिलो पटक हो । सम्झौतापछि हिमाअज एजुकेशनल कन्सलटेन्सीका प्रबन्ध निर्देशक राजमान थकालीले कार्यक्रमको ब्यापकताले आफुहरुलाई लोभ्याएको प्रतिक्रिया दिए । साथै, प्रतियोगीताका सहभागी सम्पूर्ण प्रतिस्र्प्रधीहरुलाई उच्च शिक्षाको लागी अस्ट्रेलिया जान चाहनेहरुको लागी बिशेष अफर समेत दिने जानकारी गराए ।
दोस्रो सिजनको ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’ को तयारी तीब्र पारिएको छ । । आयोजक एपी इन्टरटेनमेन्ट प्रालिले ‘कन्टेस्ट’को तयारी तीब्र रुपमा अघि बढेको जनाएको छ । अहिले आवेदन फाराम खुल्ला छ । आयोजकले यो इभेन्टका लागि देशव्यापी आवेदन आह्वान गरेको जनाएको छ । यो इभेन्टको पहिलो अडिसन पोखरामा माघ ७ गते हुनेछ भने दोस्रो अडिसन बुटवलमा माघ १३ गते हुनेछ ।

त्यस्तै, पहिलो चरणको अन्तिम अडिसन काठमाण्डौमा हुने आयोजक एपी इन्टरटेनमेन्टले जनाएको छ । पहिलो चरणको अडिसनमा ८० जना प्रतिस्पर्धीले आवेदन दिने अनुमान गरेको आयोजक कम्पनीले फाइनलका लागि भने ३० जनामात्रै प्रतिस्पर्धीलाई छनौट गर्नेछ ।
विशेषतः नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित ‘हस्पिटालिटी सेक्टर’का व्यक्तिहरुले यो ‘कन्टेस्ट’मा सहभागिता जनाउन पाउने आयोजकले बताएको छ ।

सम्बन्धित खबर
गण्डकीका मुख्यमन्त्री पाण्डे उपचारका लागि भारत पुगे, पद्मा जिसी कार्यवाहक मुख्यमन्त्री
यस वर्षको जाउँ है पोखरा अभियान आरम्भ
बागलुङ नगरपालिकाले वितरण गर्यो किसानलाई अनुदानमा मौरीसहितका घार
अज्ञात रोगले बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित
पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल बनाउँछौं : मेयर आचार्य
सातौं संस्करणको स्याङ्जा महोत्सव सम्पन्न
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
बरिष्ठ बालरोग विशेषज्ञ डा. बास्तोला ‘प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन’ पदमा बढुवा