गण्डक न्युज पोखरा, २८ पुस । दोस्रो सिजनको ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’ को तयारी तीब्र पारिएको छ । । आयोजक एपी इन्टरटेनमेन्ट प्रालिले ‘कन्टेस्ट’को तयारी तीब्र रुपमा अघि बढेको जनाएको छ । अहिले आवेदन फाराम खुल्ला छ ।
आयोजकले यो इभेन्टका लागि देशव्यापी आवेदन आह्वान गरेको जनाएको छ । यो इभेन्टको पहिलो अडिसन पोखरामा माघ ७ गते हुनेछ भने दोस्रो अडिसन बुटवलमा माघ १३ गते हुनेछ ।

त्यस्तै, पहिलो चरणको अन्तिम अडिसन काठमाण्डौमा हुने आयोजक एपी इन्टरटेनमेन्टले जनाएको छ । पहिलो चरणको अडिसनमा ८० जना प्रतिस्पर्धीले आवेदन दिने अनुमान गरेको आयोजक कम्पनीले फाइनलका लागि भने ३० जनामात्रै प्रतिस्पर्धीलाई छनौट गर्नेछ ।
विशेषतः नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित ‘हस्पिटालिटी सेक्टर’का व्यक्तिहरुले यो ‘कन्टेस्ट’मा सहभागिता जनाउन पाउने आयोजकले बताएको छ । आयोजक एपी इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक अर्जुन पाण्डले भनेः ‘अतिथी सत्कारको लागि पर्यटकीय होटल, रेस्टुरेन्ट तथा अन्य क्षेत्रहरु बढि सम्बन्धित छन् । र, यो कन्टेस्टमा सोहि क्षेत्रसँग आबद्ध रहेका सबै उमेर समूहका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन् । हस्पिटालिटी क्षेत्रमा आबद्ध हुनेहरुको लागि यो एउटा विशेष मञ्चको रुपमाहामीले अगाडि सारेका छौँ ।’

‘कन्टेस्ट’मा सहभागी हुने प्रतिस्पर्धीका लागि वारिष्टा ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्केटिङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतका तालिमहरु आयोजकले व्यवस्था गरेको छ । कन्टेस्टमा सहभागी भई विजेता बन्नेका लागि दुबई र थाइल्याण्डको भ्रमण अवसरका साथै विभिन्न तारे होटलहरुमा जागिरको व्यवस्था गरिने आयोजकले बताएको छ ।
त्यो सँगै भिडियो तथा फोटोसुट सँगै विभिन्न कम्पनीको विज्ञापनमा अवसर प्रदान गरिने उसले जानकारी दिएको छ । त्यस्तै विभिन्न फेशन शो, म्यूजिक भिडियो र म्यागजिनको कभरमा विजेताहरुलाई ‘स्पेस’ दिईने आयोजकले जनाएको छ । यो प्रतियोगिताको विजेतालाई नगद २५ हजार, फस्ट रनर अपलाई १५ हजार र सेकेन्ड रनर अपलाई १० हजार रुपैयाँ नगद पनि उपलब्ध गराईने आयोजकले बताएको छ ।

पत्रकार सम्मेलनमा अघिल्लो सँस्करणको विजेता रेशम कुमालले आफू ‘हस्पिटालिटी कन्टेस्ट’को विजेता बनिसकेपछि थुप्रै अवसरहरु प्राप्त गरेको बताउँदै नयाँ आउने प्रतिस्पर्धीहरुलाई ढुक्क भएर प्रतियोगितामा सहभागिता जनाउन आग्रह गरेका थिए ।
कन्टेस्टको अनलाईन पार्टनरमा गण्डकन्युज रहेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा दुर्गेशलाई हेरेको हेर्यै
राजेन्द्र सापकोटाको ‘उठ्ने बेलाको’ गीतले दर्शक श्रोताको मन जित्दै
गीतकार डा. शिव सुवेदी भन्दै आए ‘फेरियौ मायालु’ [भिडियो]
नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक [भिडियो]
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक [भिडियो]
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
बरिष्ठ बालरोग विशेषज्ञ डा. बास्तोला ‘प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन’ पदमा बढुवा