पोखरामा महोत्सव होडबाजीः एकै मितिमा दुई महोत्सव, दुवै पुस २७ सुरु, माघ ८ मा सकिने

पोखरामा महोत्सव होडबाजीः एकै मितिमा दुई महोत्सव, दुवै पुस २७ सुरु, माघ ८ मा सकिने

pokhara-fair

पोखरा, २७ पुस: पोखरामा एउटै मितिमा दुई मेला र महोत्सव हुन लागेका छन् । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा यही पुस २७ देखि माघ ८ गतेसम्म सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोवाइल मेला गर्न लागिएको छ ।

त्यस्तै, युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचौरमा सोही मितिमा आठौँ पोखरा महोत्सव हुने भएको छ । नयाँबजार र अमरसिंहचौरको दूरी झण्डै दुई किमीमात्रै छ ।

‘लगानीको सम्वर्ध्दनः उद्योग व्यवसायको प्रवर्ध्दन’ व्यापार मेलाको मूल नारा छ भने पोखरा महोत्सवको मूल नारा ‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ रहेको छ । एकै ठाउँमा रहेका दुई संस्थाले एउटै मितिमा मेला र महोत्सव गर्न लागेको सम्भवतः पोखरामा यो पहिलोपटक हो ।

पोखरामा एक महोत्सव सकिएलगत्तै अर्को महोत्सव सुरु भइहाल्छ । नेपाली नयाँ वर्षदेखि नै पोखरामा महोत्सव भइरहन्छन् । अंग्रेजी नयाँ वर्षमा हुने महोत्सवको मैजारो सकेर बसेको पोखराले एकै पटक अर्को दुई महोत्सव गर्दैछ ।

साहित्यिक महोत्सव, सांस्कृतिक महोत्सव, शैक्षिक महोत्सव, रामबजार महोत्सव, पोखरा आद्यौगिक व्यापार मेला, पोखरा महोत्सव, लेखनाथ महोत्सव लगायत थुप्रै सानाठूला महोत्सव पोखरामा हुँदै आएका छन् । एकपछि अकार्ृ महोत्सव सुरु हुने पोखरामा यसपाली भने एकै पटक एकै मितिमा दुई महोत्सव हुँदैछ । जम्मा २ किलोमिटरको दुरीमा हुने दुई महोत्सवका आकर्षण भने एउटै खालका छन् ।

नयाँ बजारको प्रदर्शनी केन्द्रमा वाणिज्य संघले औद्योगिक व्यापार र अमरसिंह चौरमा युनाइटेड क्लबले गर्ने पोखरा महोत्सव एकै मितिमा हुन लागेको हो । दुबै महोत्सव एउटै मितिमा पर्दा प्रायोजकहरुसमेत बाँडिएका छन् ।

महोत्सवको मिति एउटै भए पनि खासै फरक नपर्ने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे बताउँछन् । महोत्सव प्रतिस्पर्धा नभएर पोखरा अर्थतन्त्रलाई चलायमान गराउन सहयोगी हुने उनको विश्वास छ ।

दर्शक तान्न आकर्षक कारदेखि हात्तिसम्म

दुवै महोत्सव एउटै मितिमा परेपछि आयोजकले दर्शक तान्न आआˆनो तरिकाले कसरत गरिरहेका छन् । पोखरा औद्योगिक व्यापारमा मेलामा प्रवेश टिकट काट्ने एक जनालाई कार उपहारको योजना ल्याएर दर्शक लोभ्याउँदै छ भने पोखरा महोत्सवमा त्यस्तो आकर्षक उपहार ल्याउन नसकेपछि पोखरेलीलाई हात्ति चड्ने अवसरदेखि चिडियाखाना निर्माणसम्म योजना सार्वजनिक गरेको छ ।

मेलामा टिकट काटेर आउने दर्शकलाई मेला हेरेपछि अन्तिम दिन गाडी चढेर जाने व्यवस्था मिलाएको अध्यक्ष वाणिज्इ संघका अध्यक्ष पालिखेले बताए । अध्यक्ष पालिखेका अनुसार बिजेतालाई हुण्डाई कम्पनीको इवन गाडी उपहारस्वरुप प्रदान गरिनेछ । सो गाडीको हालको बजार मूल्य १८ लाखभन्दा बढी रहेको छ ।

संघले यस अगाडिका मेलाहरुको प्रवेश टिकटमा पनि विभिन्न उपहार राख्ने गरेको थियो । प्रवेश टिकटमा मनकामना तथा चन्द्रागिरि केबलकारको टिकटहरु पनि उपहारमा राखिएको संघका महासचिव दामु अधिकारीले जानकारी दिए ।

मेलाका २ सय ८० वटा स्टलहरु छन् । लगानीको सम्वर्द्धन ः उद्योग व्यवसायको प्रवर्द्धन भन्ने नाराका साथ हुने महोत्सवमा औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन तथा बजारीकरणमा समेत सघाउ पुर्‍याउने आयोजकको अपेक्षा छ । नेपाल मोबाइल बितरक संघले आयोजना गर्दै आएको दोस्रो मोबाइल मेलासमेत यही मेलामा समाहित हुन लागेको छ ।

युनाइटेड क्लबले अमरसिंह चौरमा गर्न लागेको पोखरा महोत्सव आठौ संस्करणको हो । युनाइटेड क्लबका महासचिव राजु श्रेष्ठले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धन र पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा जोड दिँदै महोत्सव गर्न लागेको बताए ।

१२ दिन सम्म सञ्चालन हुने महोत्सवमा यो देशको कला, संस्कृति, भेष-भुषाको संरक्षण र प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई संवृद्धि तर्फ अगाडी वढाउने, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्‍याउनुका साथै चार नम्बर प्रदेशको पर्यटकिय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा वाहृय उत्पादित वस्तुको बजार सहजीकरण गराउने महोत्सवको लक्ष्य रहेको छ ।

महोत्सवमा यसपटक हात्ती सवार गर्दै महोत्सवको अवलोकनको गर्ने नयाँ व्यवस्था मिलाइने क्लबले जनाएको छ ।

महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिको प्रदर्शनी एवं जानकारी, कृषि, पर्यटन लगायत विभिन्न क्षेत्रमा सामाग्री प्रदर्शनी तथा बिक्री महोत्सवमा गरिने आयोजकले जनाएको छ । चिडियाखाना निर्माणको उद्देश्य लिएको क्लबले नमुना चिडियाखानासमेत प्रदर्शन गरिने पोखरा महोत्सवमा । महोत्सवमा २ सय २५ स्टल रहनेछन् । पशुपंक्षीको प्रदर्शनी, नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुती, कृषि-अटो मेला लगायतका गतिविधि दुवै महोत्सवमा हुनेछन् भने विभिन्न चर्चित गायकगायिका तथा ब्याण्डलाई ल्याएर दर्शक तान्ने प्रयासमा दुबै आयोजक संस्था लागिपरेका छन् ।

स्टलहरु रहेका छन भने १ करोड १४ लाख अनुमानित आम्दानी ७९ लाख खर्च र ३५ लाख बचत हुने अनुमान गरिएको छ । महोत्सवमा सर्वसाधारणका लागी ८० र विद्यार्थीका लागी ५० रुपैया टिकट दर रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ