गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा, २६ पुस – पोखराको पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक क्षेत्रमा बुधबार बिहानैदेखि ट्याक्सी चालकहरु प्रहरी–प्रशासनकाविरुद्ध नाराबाजी गर्दै उफ्रिरहेका थिए । उनीहरुले आफ्ना ट्याक्सीलाई चोकमा तेस्र्याएर बाटो अवरुद्ध गरिरहेका थिए । उनीहरु एम्बुलेन्सलाई समेत अघि बढ्न दिईरहेका थिएनन् ।
एम्बुलेन्सहरु जताबाट आयो उतै फर्किएर वैकल्पिक बाटो खोज्न वाध्य थिए । सयौंको संख्यामा परिचालित प्रहरीहरु ट्वाल्ल परेर हेर्न वाध्य थिए । कास्की प्रहरीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्री ट्याक्सी चालकहरुलाई आ–आफ्नो ट्याक्सी हटाएर बाटो खोल्न अनुरोध गरिरहेका थिए । तर उनको अनुरोधलाई कसैले सुनेको थिएन ।
बाटो खुलाउन नमान्ने ट्याक्सी चालकहरुलाई लाठीचार्ज गराएरै भएपनि प्रहरीले बाटो खुलाउने अनुमान सबैले गरिरहेका थिए । सर्वसाधारण कास्की प्रहरीको निरीहताको कटु रुपमा आलोचना गरिरहेका थिए । यस्तो आलोचना सामाजिक सञ्जालहरुमा पनि देखिन थालेको थियो ।
करीब साढे १२ बजेतिर कास्की प्रहरी प्रमुख एसपी अशोक सिंह भीडमा पुगे । त्यतिबेलासम्म चोकमा संयौंको संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु तैनाथ भैसकेका थिए । उनीहरु आवश्यक परे भीड नियन्त्रण गर्न लाठी चार्ज गर्न तमतयार भएर बसेका थिए ।
त्यही तनावका बीचमा भीड छिचोल्दै पृथ्वीचोकमा पुगेका कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले आफ्ना प्रहरी जवानहरुलाई बाटोमा तेस्र्याइएका ट्याक्सीहरुलाई तत्काल उचालेर भएपनि बाटो खुलाउन निर्देशन दिए ।
उनको निर्देशनसँगै प्रहरी जवानहरुमध्ये कोहीले भटाभट बाटो छेकेर राखेका ट्याक्सीहरुलाई धकेल्न थाले, कोहीले तान्न थाले । प्रहरीले ट्याक्सी हटाउन थालेपछि आक्रोशित ट्याक्सी चालकहरुले प्रतिवाद गर्ने र झडप हुनसक्ने आशंका उपस्थित सबैले गरेका थिए । तर कोही कसैले प्रतिवाद गरेनन् । केही बेर अघिसम्म चर्को आवाजमा प्रहरी प्रशासनको विरोध गर्नेहरु सबै पाखा लागेर बसे ।
प्रहरीले बाटो छेकेर राखिएका केही ट्याक्सीहरुलाई तानेर या धकेलेर बाटो खुलाए । न त्यहाँ लाठी चार्ज भयो, न प्रतिवाद । यसरी झडप हुने आशंकाबीच कास्की प्रहरीले ट्याक्सी चालकहरुलाई हटाएर सवारी साधनहरु बाटो खुलायो ।
मंगलबार मिटरमा चल्न नमानेको आरोपमा हिरासतमा राखिएका १८ जना ट्याक्सी चालकहरुलाई कास्की प्रहरीले आवश्यक कानूनी कारवाहीका लागि गण्डकी अञ्चल यातायात कार्यालय पोखरामा पठाएकोमा ५ हजार जरिवाना तिराएर बुधबार छाडिएको छ । ट्याक्सीहरु मिटरमा नचलेको गुनासो सुनिएपछि कास्की प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले मिटरमा चल्न नमान्ने १८ जना ट्याक्सी ड्राइभरहरुलाई मंगलबार पोखराका विभिन्न ठाउँबाट समातेर जिल्ला प्रहरी कार्यालयमा राखेको थियो । बुधबार १६ जना समातिएकोमा हिरासतमै छन् ।
उपभोक्ताहरुलाई मनपरी भाडा असुल्ने र मिटरमा ट्याक्सी चलाउन नमान्ने चालकहरुलाई नियन्त्रणमा लिइएकोमा आवश्यक कानूनी कारवाहीका लागि यातायात कार्यालय पठाइएको कास्की प्रहरीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।
ट्राफिक प्रहरी नायव निरिक्षक शिव थापाले अनियमित किसिमले भाडा लिने वा मिटरमा जान नमान्नेलाई कारबाही थालिएको बताए । उनले जनगुनासोलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले छड्के जाँच सुरु गरेको जानकारी दिए ।
यसैबीच, पृथ्वी राजमार्ग बस सञ्चालक समितिले समेत ट्याक्सी चालकलाई धरपकड गरी थुनामा राखेको भन्दै यसको विरोधमा विहीबार आफू मातहतका सबै सवारी साधन नचलाउने निर्णय गरेको महासचिव योगेन्द्र बहादुर केसीले जनाएका छन् ।
अध्यक्ष ऐनकुमार साईले वार्ता र संवादबाट समस्याको समाधान निकाल्नुपर्नेमा बलमिच्याईं ढंगले प्रहरी अघि बढेको दाबी गरे । यद्यपी उनले चक्का जामको कार्यक्रम भने नरहेको स्पष्ट पारेका छन् । आफू मातहतका सवारी मात्र नचलाउने, सडकमा चल्ने सवारी बन्द नगर्ने उनले प्रष्ट पारे ।
ट्याक्सी व्यवसाय समिति पोखराका अध्यक्ष प्रकाशमणि तिवारी पनि काठमाण्डौमा लागू भयो भन्दैमा पोखरा जस्ता ठाउँमा मिटरमा चल्न नसक्ने दाबी गर्छन् । ‘प्रहरी र प्रशासनको दादागिरी हो यो धरपकड । म उनीहरुलाई नै भन्न चाहन्छु, राजधानीका सिडिओ, एसपीको तलब र दुर्गमका सिडिओ, एसपीको तलब एउटै हुन्छ ? दुर्गममा रहनेलाई किन भत्ता दिईन्छ ? पोखराका सडक पनि काठमाण्डु जस्तो छ र ? यात्रु त्यस्तै छ ?’
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पाँचौं टाइगर कपको ट्रफि अनावरण, पहिलो खेल भोलि १० बजे
छात्रलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
गोरखामा कुवामा डुबेर एक वृद्धाको मृत्यु
स्याङ्जामा विद्यालय कोठामा बालयौन दुरुपयोग गरेको आरोपमा एकजना पक्राउ
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
पूर्वऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्माको बागलुङमा अन्त्येष्टि
यो पनि पढौँ
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए